Saturday, June 19

यो हो गर्भवती महिलाको सुत्ने सही पोजिसन

May 14, 2021 134

काठमाडौँ । प्रत्येक मानिसका लागि निद्रा अनिवार्य कुरा हो, यसका लागि सहि तरिकाले सुत्न आवश्यक हुन्छ । गर्भवती महिलालाई अन्य सामान्य मानिसलाई भन्दा बढी नै निद्राको जरुरत पर्छ ।

निन्द्राको साथमा खानपान, व्यायम आदीबारे जानकारी राख्न आवश्यक हुन्छ र पेटमा रहेको बच्चालाई पनि सहज हुने गरि व्यवहारहरु गर्नु पर्ने हुन्छ ।

यसका लागि सुत्ने सहि तरिकाको बारेमा जान्न आवश्यक हुन्छ । गर्भवती अवस्थामा कसरी सुत्ने, कस्तो खाने कुरा खाने भन्ने बारेमा हामी तपाईंलाई जानकारी दिनेछौं ।

देब्रेतर्फ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ । गोडा र घुँडालाई बंग्याउनुस् र गोडाको बीचमा एउटा सिरानी राख्नुस् ।

ढाडमा पल्टेर नसुत्नुस् । उत्तानो परेर सुत्दा श्वासप्रश्वास, पाचन, कम रक्तचाप र ढाड दुख्ने समस्या आउँछ ।

यो पोजिसनमा सुत्दाखेरी तपाईंको बच्चाको पूरै तौल तपाईंको आन्द्रा र प्रमुख रक्तनलीमा पर्छ । यसले गर्दा घुर्न पनि सकिन्छ । त्यसैले पटक्कै उत्तानो नसुत्नुस् ।

राति सुत्नुअघि केही पनि खाने पिउने नगर्नुस् । कफी जस्ता कुरा त पटक्कै नपिउनुस् । सधैं एउटै समयमा सुत्ने र उठ्ने गर्नुस् । यसले गर्दा राम्रो निद्रा पाउनुहुन्छ भने बच्चाको स्वास्थ पनि राम्रो हुन्छ।

प्रतिकृया दिनुहोस्