Wednesday, October 20

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिने १ लाख सहयोग

June 14, 2021 353

काठमाडौं – मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न भारत जाँदै गर्दा देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

पैसा अभावका कारण उपचार गर्न नसकेर ३ बर्ष देखी शैयामा रेहकी उनलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी हुन् । अस्पतालमा उपचाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ ।

यस्तै मोडल घिमिरेको उपचारको लागि चर्चित अभिनेत्री तथा मोडल आँचल शर्माले पनि सहयोग गरेकी छन् । उनले अस्पतालमै पुगेर सहयोग गरेकी हुन् आँचलले निशाको लागि नगद एक लाख रुपैया सहयोग गरेकी छिन् । यसअघि चलचित्रकर्मी कल्याणकारी कोषले ५१ हजार सहयोग गरेको छ ।

यस्तै अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् । उनीहरुले शनिवार मोडल घिमिरेको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

निशाले फिल्म ‘मधेशीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।२ वर्ष अघि अभिनेत्री बन्ने रहरले भारत पुगेकी नेपाली कलाकार निशा घिमिरेको जीवनमा अप्रत्याशित घट’ना भएको छ । भारतमा डिप्लोमा पढ्न गएकी २२ बर्षिय कलाकार निशा घिमिरे गाडी दु’र्घटनामा परेकी हुन । उक्त दु’र्घटनाबाट गम्भीर घा’इते भएपछी उनको ब्रेन ह्यामरेज भयो ।

निशाको उप’चार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशा अहिले भैसीपाटीमा सानो टिनले बारेको घरमा बसिरहेकी छन्। उनको त्यो दर्दा’नक अवस्था देखेपछि प्राय: जसो सबैको आँखा रसा’उछ ।

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । उनको सरिरमा हड्डी र छाला मात्रै छ। २३/२४ बर्षिय निशा ८०/९० बर्षको जस्तो देखिन्छिन । उनी हिड्न र बोल्न पनि सक्दिनन ।

यसैक्रममा निशा लाई “नर्भिक अस्पताल”ले उ’द्दार गरेको छ ।अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उ’द्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उ’पचार गरिने उनले जानकारी दिइन् । त्यसैगरी अस्पतालले उनको उपचार निशुल्क गर्ने बताएको छ । निशाको उ’द्दारको लागि समाजसेवी दुर्गा नाथ दाहालले महत्त्वपूर्ण भुमिका खेलेका छन । अहिले अस्पताल भर्ना भएपछि उनको स्वस्थ्य अबस्थ सुधार भएको उपचार मा संलग्न स्वस्थ्यकर्मीहरुले बताएका छन ।

यसैक्रममा गायक शिव परियारले कलाकार निशा घिमिरेका लागि रु. १0,000(दश हजार) आर्थिक सहयोग गरेका छन। गायक परियारले अन्य ईच्छुक कलाकार साथिहरुलाई सकेको सहयोग गर्न अपिल गरेका छन । उनले कलाकार हुनुको दायित्व पुरा गर्न निशा घिमिरेको बुवा प्रेम प्रसाद घिमिरेको सनराइज बैंक खाता न. 0840613613205001 मा आर्थिक सहयोग गर्न आव्हान समेत गरेका छन ।
निशाको लागी थुप्रै सहयोगहरु आउने क्रम जारी छ। उनले आफू ले सहयोग गरेको कुरा सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन ।

थुप्रै भिडियोमा उनको परिवारले बताए अनुसार आर्थिक अवस्था पनि निकै क’मजोर भएको छ। निशालाई सहयोग जुटाउनका लागि सामाजिक संजालमा अभियानहरु चलिरहेको छ। केहि मनकारी मानिसहरु उनलाई सहयोग गर्न उनकै घरमा पनि पुगिसकेका छन्।

प्रतिकृया दिनुहोस्