Monday, October 25

असार १ गते देखि पसलहरु खुल्ने, निषेधाज्ञा यथावत

June 14, 2021 266

४५ दिन लामो लकडाउन पछि आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डीसीएमसी) को बैठकले असार १ गते (मंगलवार) देखि कैलालीमा लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा डीसीएमसीका संयोजक खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले असार १ गतेदेखि कैलाली जिल्लामा बिहान ११ बजेसम्म सम्पूर्ण पसलहरु खोल्न दिने निर्णय गरेको छ । ११ बजेपछि पसल खोलेमा भने कारबाही गरिनेछ । यद्दपि सो अबधिमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न भने पसल सञ्चालक र ग्राहकलाई अनिवार्य गरिएको छ ।

प्रजिअ रिजालले डीसीएसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना जरिवाना वा ५ लाख रुपैया जरिवाना वा दुबै सजाय गरिने बताए ।

प्रजिअ रिजालका अनुसार पसल खुलेपनि निषेधाज्ञा भने यथावत हुनेछ । जिल्लामा सवारी साधन चलाउनमा ७ गतेसम्म नै रोक लगाईएको छ । खाद्यान्न, दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधन, एम्बुलेन्स, प्रेसका साधनहरु भने चल्न दिने निर्णय गरिएको छ ।

बैठकमा यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय र कर कार्यालय खोल्ने सम्बन्धमा छलफल भएपनि सहभागीहरुले तत्काल ती कार्यालयहरु सञ्चालन गर्नु जोखिम पूर्ण भएको बताएपछि ती कार्यालयहरु खोल्ने निर्णय हुन सकेन । यद्दपि एक हप्ताको समीक्षापछि भने ती कार्यालयहरु खोल्न दिने वा नदिने टुंगो लाग्ने बताईएको छ ।
के तपाई कल्पना गर्न सक्नु हुन्छ हामीले सधै दात माझ्ने ब्रस पेट भित्र गयो भने के हुन्छ ? कल्पना सम्म पनि गर्न नसक्ने घटना यी पुरुषमा भने वास्तविक बनेको छ ।

दाँत माझ्नेक्रममा ब्रस नै निलेका मोरङको मिक्लाजुङ गाउँपालिका एक पुरुषको श ल्यक्रि या सफल श ल्यक्रिया भएको छ । मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय गङ्गा मगरको श ल्यक्रि या गरेर पेटबाट ब्रस निकालिएको हो ।

जेठ २७ गते बिहान दाँत माझ्नेक्रममा मगरले ब्रस निलेका थिए । दाँत माझेर जिब्रो सफा गर्नेक्रममा उनले प्रयोग गर्दै गरेको ब्रस एक्कासि निलिएको थियो । दाँत माझ्ने ब्रस पेटमा पुगेपछि उनी सोही दिन विराटनगरस्थित नोबेल मेडिकल टिचिङ हस्पिटलको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए ।

दाँत पेटभित्र छिरेको जानकारी पाएपछि चिकित्सकले उनको उपचारका लागि इन्डोस्कोपी विधिबाट गर्न खोजेका थिए । इन्डोस्कोपी विधिबाट सानो सिक्कासम्म मुखबाटै निकाल्न सकिन्छ । तर त्यति ठूलो ब्रस इन्डोस्कोपी विधिबाट सम्भव नभएपछि श ल्यक्रि या गरिएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

दाँत माझ्दा पेटमा छिरेको ब्रस श ल्यक्रि यामार्फत निकाल्दै चिकित्सकहरु । डाक्टर अमित भट्टराई नेतृत्वको टिमले बिहीबार साँझ ६:३० बजे मगरको पेटबाट ब्रस निकालेका थिए । १५ सेमीको ब्रस पेटबाट निकालिएका मगरलाई सोमबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

यस्तै, उनको उपचारमा संलग्न डाक्टर अमित भट्टराईले केटिएम दैनिकसँग भने, ‘फरेन बडी इन स्टोम्याच त रेयर थियो । तर पनि हामीले पे ट चि रे र ब्रस निकाल्ने निधो गरेका थियौँ ।’

प्रतिकृया दिनुहोस्