एजेन्सी । यदी कुनै व्यक्तिलाई नकारात्मक उर्जाका कारण जीवनमा विभिन्न समस्याको सामना गर्नु परिरहेको छ भने ज्योतिष र वास्तुशास्त्रमा यसलाई हटाउने केही उपायका बारेमा जानकारी दिइएको छ।
वास्तु शास्त्रमा घरको नकारात्मक शक्ति हटाएर सकारात्मक वातावरण बनाइराख्नका लागि यी उपाय निकै उपयोगी हुने गर्दछ। वास्तु विशेषज्ञ डा विनिता नागरका अनुसार आनिराखौँ घरको नकारात्मक उर्जा हटाउने केही खास उपायका बारेमा
पहिलो उपाय
हरेक दिन बिहान एक कचौरामा सफा पानी भरेर त्यसमा तुलसी राख्नुहोस्। त्यसपछि तुलसीकै पातले यस पानीलाई पुरै घरमा छिट्नुहोस्। यस क्रममा भगवान विष्णुको जप गरिरहनु पर्दछ। तुलसीको पानीका कारण घरको नकारात्मक उर्जा खतम हुने गर्दछ। र वातावरण पवित्र बन्ने गर्दछ। यस क्रममा यो विष्णु मन्त्र जप गर्नुहोस् : ऊँ नमो भगवते वासुदेवाय।
दोस्रो उपाय
यदी घरका कुनै सदस्यलाई नराम्रो सपना आउने गर्दछ भने सुत्नुअघि उनको कोठामा घ्यूमा कपुर राखेर जलाउनुहोस्। यसो गर्दा पनि नकारात्मक उर्जा हट्ने र राम्रो निद्रा आउने गर्दछ। यसो गर्दा नराम्रो सपनाको भय पनि हुँदैन्।
तेस्रो उपाय
राति सुत्नु अघि घरको हरेक कुनामा थोरै नुन काँचको कचौरा वा अन्य कुनै भाँडोमा राख्नुहोस्। बिहीबार उठ्ने वित्तिकै यो नुनलाई एकै ठाउँ जम्मा गरेर पानीमा बगाइदिनुहोस्। यो काम हरेक दिन लगातार गर्दा घरको नकारात्मक दोष हट्ने र सकारात्मक उर्जाले प्रवेश गर्ने गर्दछ।
चौँथो उपाय
हरेक दिन बिहान बेलुकी घरमा पूजा गर्ने समय शंख र घण्टी बजाउनुहोस्। शंखमा पानी भरेर पुरै घरमा छर्किनुहोस्। घरमा शंखको पानी छर्किदा नकारात्मक उर्जा हट्ने र दैवीय शक्तिको वास हुने गर्दछ।
प्रतिकृया दिनुहोस्