Tuesday, October 26

अभिनेत्री नम्रता श्रेष्ठको आज जन्मदिन, कति बर्षमा लागिन उनि ? भन्छिन् – मेरो आयू सकिएको छैन

June 14, 2021 318

नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री नम्रता श्रेष्ठ ३६ वर्ष लागेकी छिन् । १९८५ जुन १४ को दिन नम्रताको जन्म सुनसरीको धरानमा भएको हो । आज उनी आफ्नो जन्मदिन मनाइरहेकी छन् । नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री हुन् ।आफ्नो करियरकै सुरुवाती चरणमै निजी से क्स भि डियोका कारण नम्रता निकै ठूलो विवादमा आइन् । तर, पनि उनले आफ्नो आत्मबल गुमाइनन् । संघर्ष गरेरै फेरि आज उनी उच्च स्थानमा आइपुग्न सफल भएकी छन् ।

उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के, नोभेम्बर रेन, क्लासिकलगायत गरी अहिलेसम्म डेढ दर्जन चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनुभन्दा अघि मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।

नम्रता अभिनेत्रीहरूको आयु तोक्नु गलत भएको बताउँछिन् । उनी भन्छिन्, ‘कलाकारको आयु हुँदैन । जबसम्म आफूले पाएको भूमिकालाई न्याय गर्नुहुन्छ तबसम्म अभिनेत्रीको आयु रहन्छ ।’ नम्रताले अभिनय गरेको १२ वर्ष बितिसकेको छ । उनी अहिले पनि आफ्नो आयु नसकिएको बताउँछिन् । विदेशी फिल्ममा काम गर्ने अभिनेत्रीहरूको उदाहरण दिँदै नम्रता भन्छिन्, ‘विदेशी फिल्ममा त बुढी-बुढी अभिनेत्रीहरू पनि मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूको आयु सकिएको छैन । मेरो त कसरी सकिन्छ र ?’

अभिनेत्रीहरूले फिल्मको छनोटमा विशेष ध्यान पुर्‍याउन सके अभिनेत्रीहरूको आयु तोक्ने प्रचलन हटेर जाने नम्रताको विश्वास छ । ‘अभिनेत्री हरूले आफूलाई नयाँ परिवेशमा घुलमिल गराउँदै लाने र राम्रो काम गर्ने हो भने निर्माताले तपाईंलाई खोज्नेछन् । यदि निरन्तर काम गर्न पाइयो भने आयु सकिँदैन’, नम्रताले सुनाइन् । नम्रता आफूलाई लामो समय टिकिरहने अभिनेत्रीमा अपवाद भने मान्दिनन् । आफूजस्तै अन्य केही अभिनेत्रीहरूले पनि लामो समय फिल्म क्षेत्रमा काम गरेको उनको भनाई छ । उनी भन्छिन्, ‘जसले राम्रो काम गरेको छ त्यसको आयु तोकिएको छैन ।’

प्रतिकृया दिनुहोस्