Monday, September 27

नेपालमा आज कोरोनामा पुनः नयाँ रेकर्ड, आज कति संक्रमित थपिए र कतिको मृत्यु भयो ?

May 14, 2021 450

शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यस दिन कुल २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा २० हजार ९४८ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण भएको थियो।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २ठ हजार ६५३ निको भएका छन् ।

त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ । यस दिन ६ हजार १३५ जना कोरोनाबाट निको भएका छन्। एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो। शुक्रवार काठमाडौंमा २,४५८ जना, ललितपुरमा ५५६ जना र भक्तपुरमा ३३५ जना सङ्क्रमित थपिएका छन्। केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,१३५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभरि एक लाख सात हजार ३६३ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ। मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि कोभिडका कारण कुल ४,६६९ जनाको मृत्यु हुँदा उपत्यकामा १,५४७ जनाले ज्यान गुमाएका छन्। अहिले विभिन्न स्थानमा ८,४६७ जना बिरामी संस्थागत आइसोलशनमा छन्। तीमध्ये १,३३४ जना बिरामी आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्