Thursday, April 22

‘मसंग जे छ त्यो म देखादिन सक्छु तर कसैलाई मेरो शरिर सुम्पन सकिन सोनिका रोकाय

January 2, 2021 247

काठमाडौं । युट्युवर तथा मोडल सोनिका रोकाय कुनै बेला नायीका बन्न चाहन्थिन् । उनी साइन्स पढ्दा पढ्दै पत्रकारीतामा आइन् ।

आमाबुवाको डाक्टर बनाउने चाहनालाई तिलञ्जली दिएर उनी नायीका बन्ने होडमा लागिन् ।

साइन्स पढ्दा पढ्दै छोडेर उनी पत्रकारीता पढ्न थालिन् । तर उनले संचालन गरेको भिडियो कार्यक्रममा दुई अर्थ दिने खालका हुने गर्थे । उनको प्रस्तुती पनि त्यस्तै हुने भएकाले सोनिकालाई समाजले नराम्रो मान्यो ।

अहिले भने सोनिका निकै फेरीएकी छन् । उनले आफ्नो छुट्टै युट्युव संचालन गर्दै आएकी छन् । केही समय अघि सम्म पूर्व राजकुमार प्रकाश शाहका बारेमा भिडियो निर्माण गर्ने सोनिका अहिले भने पुरै सामाजिक भएकी छन् ।

करिब ९ महिना बझागंमा बसेर भर्खर काठमाडौं फर्किएकी उनको स्वभाव र पहिरन पनि फेरीएकी छ । एउटा भिडियोमा उनले आफु किन नायीका बन्न सकिन भन्ने कुरा खुलाएकी छन् ।

यो समाज कस्तो रहेछ मैले भोगेको कुरा भन्दैछु सोनिका भन्छिन्, म आफ्नै कमाएर खाइरहेकी छु, आफ्नो जिवन

बाँचिरहेकी छु तर पनि मेरो बारेमा किन मानिस नराम्रो सोँच्छन् नराम्रो कुरा गर्छन । उनले आफुलाई समाजले पनि अन्याय गरेको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्