Thursday, May 6

बर्दिया निकुञ्जमा बाघले गर्‍यो सडकमा गुडिरहेको मोटरसाइकलमा ह’म’ला, छोरा घाइते आमा बे’पत्ता

January 2, 2021 247

बर्दिया – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झ म्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झ म्टेर लगेको निकुञ्जले जनाएको छ

आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चो ट लागेको छ ।

बाघले आ क्र म ण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाकाे खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

तर अझैसम्म पनि महिलाकाे अवस्था पत्ता नलागेकाे उहाँले बताउनुभयो । अबदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।

यो पनि : कामदार मालिक बनेपछि ….

दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बन्नुभएको छ । उहाँकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् ।

गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाल्नुभयो । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गर्नुभयो । त्यसपछि उहाँका दुई वर्ष काठमाडौँको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका छ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताउनुभएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाल्नुभयो ।

चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुग्नुभयो । सुनगाभा पुस्तक पसल उहाँको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उहाँले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोल्नुभएको छ । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौँको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ ।

उहाँले भन्नुभयो, “भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।” यससँगै युरेका पब्लिकेशनको उहाँ एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहनुभएका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ ।

सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ । पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भन्नुभयो, “पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।”

रु एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गर्नुभएका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्नुहुने साहित्यिक व्यक्तित्व सापकोटा जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताउनुहुन्छ । जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बन्नुभएका सापकोटा भन्नुहुन्छ, “लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।” के कति सकिन्छ आफू यसैमा लागिरहने उहाँ बताउनुहुन्छ ।

मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पु¥याउने गर्नुभएका सापकोटाकोमा अहिले साहित्यकार आफैँ आउँछन् । पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उहाँ सफल हुनुभएको छ । आख्यानकार वसन्त पराजुली भन्नुहुन्छ, “निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल हुनुभएको हो ।”

कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बन्नुभएको छ ३७ वर्षीय सापकोटा ।

हराएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यका विभिन्न स्थानमा विभिन्न समयमा हराएका मोटरसाइकल खोजेर ल्याई आज एक कार्यक्रमको आयोजना गरी जिम्मा लगाएको हो ।

महाशाखाले पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, वुद्धिजङ्ग गुरूङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरूङ, कृष्णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पीङ्की सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकास मगर र प्रवेश राईको हराएको मोटरसाइकल जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जथाभावी रुपमा मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेको बताउनुभयो । उपत्यकाबाट हराएका मोटरसाइकल बाहिरी जिल्लामा धेरै प्रयोग हुने गरेको उहाँको भनाइ छ । उहाँले पार्किङ क्षेत्रमा मोटरसाइकल राख्दा होसियारी अपनाउन चालकलाई आग्रह गर्नुभयो । उपत्यकामा मोटरसाइकल चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन सेवा १०३ मा टिपाउन महाशाखाले चालकलाई अनुरोध गरेको छ

महाशाखाले पुस महिनामा मात्रै ३९ मोटरसाइकल अनुसन्धानका लागि ल्याएको छ भने चोरीमा सङ्लग्न नौ व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ ।

प्रतिकृया दिनुहोस्