Friday, April 23

११ वर्षकी प्रे’मिकालाई लिएर घरबाट भागे १४ वर्षका कि’शोर, गरे १९०० किमि यात्रा

November 18, 2020 293

एजेन्सी : एक १४ वर्षका कि’शोरले आफ्नी ११ वर्षीया प्रे’मिकालाई पिताको मिनिभ्यान चो’रेर घरबाट भागेका छन् । यी दुईलाई घरभन्दा १९ सय किलोमिटर पर भेटियो । १४ वर्षका केभिन फिगिउरोसलाई अत्यधिक गतीमा गाडी चलाएको भनेर प्रहरीले प’क्रा उ गरेको छ ।

उनलाई घरबाट निस्किएको तीन दिनपछि प्रहरीले भेटेको हो । इन्डिपेन्डेन्टमा प्रकाशित समाचार अनुसार ती किशोर र अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बिहिबारदेखि हराएका थिए। यी दुईलाई प्रहरीले आइतबार आयोवामा भेटेका हुन् । अब यी दुईलाई न्यूयोर्क लैजाने तयारी गरिँदैछ ।

प्रहरीका अनुसार ती किशोरले १५० किमी प्रति घण्टाको गतीमा कार चलाएका थिए जबकि उक्त सडकमा अधिकतम गती १०४ किमि प्रति घण्टा थियो । ती किशोर घरबाट किन भागे भन्ने कुराको कुनै स्पष्ट जानकारी भने छैन । १४ वर्षका केभिन फिगिउरोसलाई अत्यधिक गतीमा गाडी चलाएको भनेर प्रहरीले प’क्रा उ गरेको हो ।

प्रतिकृया दिनुहोस्