Monday, July 26

संक्रमणकै कारण अस्ताए अर्का वरिष्ठ विशेषज्ञ डाक्टर , स्वास्थ्य क्षेत्रमा भयो ठुलो क्षति, शिक्षण अस्पतालमा उपचारका क्रममा निधन

June 15, 2021 250

काठमाडौं– वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए।

उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले जानकारी दिए। डा रावतलाई जेठ दोस्रो साता अस्पतालमा भर्ना गरिएको थियो।

उनी शिक्षण अस्पतालका अब्बल फिजिसियन मानिन्छन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा जगदीशचन्द्र अग्रवालले उनी कुशल र इमान्दार चिकित्सक भएको बताए।

उनले भने,‘हामीले मेडिसिन विभागमा सँगै काम गरेका थियौँ। उहाँ हामीभन्दा पनि सिनियर फिजिसियन हुनुहुथ्यो। आफ्नो समयको नाम लिइने इमान्दार र डेडिकेटेट फिजियसनमा हुनुहुन्थ्यो।‘ उनमा संक्रमण देखिएपछि सिबियर निमोनिया भएको बताइएको छ । संक्रमण भएपछि रावत जेठ दोस्रो साता अस्पताल भर्ना भएका थिए ।
काठमाडौं । एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन पड्किएको छ । यो घटना भारतको राजधानी दिल्लीको हो ।

एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन पड्किँदा उनी घाइते भएको समाचार छ । घटनाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् ।

बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए । तर अचानक खल्तीबाट धुँवा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आगो लाग्यो

भिडिओ अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार अचानक आगलागी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दुर्घटनामा पर्‍यो । घटनाबाट उनको दुवै खट्टामा चोट लागेको छ ।

टेक्निकल दोस्त नामक युट्युब च्यानलमा ४ जुनका दिन राखिएको भिडिओ अनुसार दिल्लीमा बस्ने ती अटो चालकले प्रयोग गर्ने ओप्पो ए ५३ स्मार्टफोनमा आगलागी भएको हो । भिडिओमा ती व्यक्तिले यस घटनाको बारेमा विस्तृत रुपमा उल्लेख गरेका छन् ।

जीतु नाम गरेका ती व्यक्तिका अनुसार उनले नौ महिना अघि उक्त फोन खरिद गरेका थिए । उनले फोनको साथमा आएको सक्कली चार्जर नै प्रयोग गर्दै आएका थिए । फोनमाथि कुनै प्रकारको दबाब समेत नपारेको उनले बताएका छन् । फोन हेर्दा समेत त्यसको ब्याट्रीबाट आगो लागेको देखिन्छ ।

हालसम्म ओप्पोको तर्फबाट यो घटनालाई लिएर कुनै पनि आधिकारिक धारणा आएको छैन । ओप्पोले गत वर्षको अगस्तमा ओप्पो ए ५३ स्मार्टफोन सार्वजनिक गरेको थियो । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा १८ वाट फास्ट चार्जिङको सपोर्ट दिइएको छ ।

प्रतिकृया दिनुहोस्