Tuesday, July 27

सवारीधनीलाई सवारी करमा ३६ प्रतिशत छुट, जरिवाना नलाग्ने

June 15, 2021 201

लुम्बिनी प्रदेश सरकारले सवारीधनीले बुझाउनु पर्ने सवारी करमा ३६ प्रतिशत छुट दिने भएको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।

चालु आवको असार मसान्तसम्म बुझाउनु पर्ने कर सवारीधनीले आगामी आवको पहिलो तीन महिनासम्म बुझाउँदा जरिवाना नलाग्ने भएको छ ।
यसअघि असार मसान्तसम्म कर नबुझाउँदा ४० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको थियो ।
काठमाडौ । कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । आमाको आँखा ओभाएका छैनन् । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृत्यु भयो । विवाहमा १५ लाख रुपैया खर्च भएको थियो ।

रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग उनको विवाह भएको थियो । माइती पक्षले घटना रहस्यमय भएको बताएका छन् । माइतीले दाइजोका कारण छोरीको मृत्यु भएको आशंका माइतीले गरेका छन् । विवाह भएको केही दिनमै फोनमा विष्णुले आमा ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेकी थिइन् ।

उनले दुरान फर्काउन आउँदा अलिकति सुन थपेर ठूलो बनाइदिउँ है भनेर पनि भनेकी थिइन् । तर दुरान फर्काउन नपाउँदै छोरीको मृत्युको खबर सुन्नुपर्दा माइती पक्ष स्तब्ध भएको छ । दुई पक्षले नै सल्लाह गरेर विवाह भएको थियो । भान्जीले छोरीको विवाह गरिदिनु भनेपछि आफुहरुले सल्लाह गरेर विवाह गराएको आमाको भनाई छ। उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् । गौतम विष्णुको आमाको भान्जी हुन् ।

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले देह त्याग गरेको बताएका छन् तर माइती पक्ष यो कुरा मान्न तयार छैनन् ।

प्रतिकृया दिनुहोस्