Sunday, July 25

आज काठमाडौंमा देखियो यस्तो सङ्केत, सरकारले जारि गर्यो सर्वसाधारणको लागि सूचना

June 16, 2021 218

आज देशभर २८ सय २८ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ९९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ३५४ , ललितपुरमा ६६ र भक्तपुरमा ७९ संक्रमित थपिएका हुन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख १५ हजार ३० सय पुगेको छ ।

आज ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५३ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् । आज १३ हजार २२ जनाको परीक्षणबाट ८६ सय ८७ जनाको पिसीआर विधि र ४३ सय ३५ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । मन्त्रालयको अनुसार कोरोना संक्रमणबाट आज थप ५२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

यो संगै असार २५ गते सम्म कर तिर्न भन्दै सरकारले विज्ञप्ती जारी गरेको छ । गत वर्ष पनि असारमा लकडाउन खुकुलो बनाएर सरकारले कर असुली गरेको थियो । यो वर्ष पनि कडा लकडाउन खुकुलो हुँदै गएको छ । स्वास्थ्य परिक्षण कम संख्यामा गर्दै संक्रमितको संख्या पनि कम देखाएर कर उठाउनका लागि सरकारले निषेधाज्ञा खुकुलो बनाएको आरोप लागिरहेको बेलामा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको हो ।

आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ । विभागको सूचना अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ ।

२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ । सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्