Monday, July 26

चर्चित कलाकार लक्ष्मी गिरीलाई फेरी किन रुँदै हिँड्नु पर्यो ?

June 16, 2021 330

चर्चित कलाकार लक्ष्मी गिरीलाई फेरी किन रुँदै हिँड्नु पर्यो ? बुढेसकालमा यसरी आँशुका धारा बगाउँदै हिँड्दा पनि न्याय पाइन् लक्ष्मीले, आखिर के समस्यामा छिन् लक्ष्मी ?यो पनि,रुपा सुनार पेशाले पत्रकार हुन् । उनीमाथि जातकै आधारमा बिभेद भएको छ । उक्त कुरा उनले फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । उनले फेसबुकमा उक्त बिषयबारे एक भिडियो राखेकी छिन् । भिडियोमा उनी कोठा भाडामा खोज्न गएको, एक घरको कोठा मन परेको र भाडा र सबै कुरा मिलिसकेपछि जातकै आधारमा पछि घरबेटीले बस्न नदिएको दुखेसो उनले भिडियोमा बताएकी छिन् ।

यो घटना पछि उनी आवद्ध एक संस्था यसबारे नबोलेको भन्दै उनले त्यसबाट समेत राजिनामा दिने बताएकी छिन् । उनी फेसबुकमा लेख्छिन्, हिजो म माथी भएको जातीय विभेदको घटना मैले सार्वजनिक गरेपछि विभिन्न माध्यमबाट मलाई साथ, सहयोग दिने संघ—संगठन एवम् न्यायप्रेमी व्यक्तिहरुको भूमिकाबाट यो ल डा ईं ल ड्न मलाई थप आँट मिलेको छ र म कानुनी रुपमा अघि बढ्दैछु ।

तर म आफै केन्द्रीय सदस्य रहेको क्रियाशील दलित पत्रकार संघ नेपालका पदाधिकारीहरुले भने आवश्यक चासो नदेखाएको व्यवहारले मलाई दुःख लागेको छ । यो यतिबेला मैले भोगेको घटना त हो तर हाम्रो समाजमा वर्षौँदेखी गढेर बसेको यो विषय व्यक्तिगत भन्दा धेरै समाजकै समस्या हो ।

निरन्तर बोलिरहनुपर्ने यो विषयमा आफ्नै संस्थाको सदस्य माथी पर्दा समेत आवश्यक पहलकदमी नलिइदिँदा, यो विषय संस्थाको प्राथमिकतामै नपरेको महसुस भएको छ । त्यसो हुँदा सो संस्थामा यथावत रहेर खर्चिने समय, सामाजिक न्यायको लागि उपयोग गर्ने गरि अघि बढ्नुपर्छ भन्ने निश्कर्षमा पुगेर सो संस्थाबाट राजीनामा दिने निर्णय गरेको छु ।

प्रतिकृया दिनुहोस्