Thursday, September 23

मंगलबार खेतमा रोपाइँ गर्न गएका ९ जना खोलो बढेपछि रातभर पानीमा रुझेर खोलामा नै बसे , बिहानपख डोजरको बकेटमा राखेर गरियो उद्धार

June 17, 2021 265

काठमाडौं, असार २ । पछिल्ला केहीदिनदेखि भइरहेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनिरहेको छ । मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए। यसैबिच लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयहरु रातभर खोलामा फसेका छन् ।

खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान सकेको थिएन। मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए र उनीहरुलाई बिहानपख बल्ल उद्धार गरिउको छ ।

मेयर रमेशकुमार पाण्डेका अनुसार खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान नसकेपछि डोजरको बकेटमा राखेर उद्धार गरेको हो । नम्बर ७ को राटमाटाका उनीहरु रातभर पानीमा भिजे पनि उक्त स्थानमा मानविय क्षती भने हुन नपाएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए

।काठमाडौं । लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा बढेको बहावले आसपासको क्षेत्र जोखिममा परेको छ । स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ । त्यस्तै रिडी, रानीमहललगायतका क्षेत्रमा पनि पानीको बहाव उच्च देखिएको छ । रानीमहल क्षेत्र वरिपरि डुबानमा परेको छ ।

निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झण्डै तीन दशक यताकै उच्च बिन्दुमा पुगेको छ । मुस्ताङबाट सुरु भई म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमा पानीको सतह २७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो ।

विसं २०५० साउनमा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो । २७ वर्षपछि यसपटक पनि उक्त बिन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको बहाव मापन) गर्दै आएका स्थानीय गेज रिडर कृष्णबहादुर सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्