गर्भवती महिलाले कोठामा राख्नैपर्छ यी सात चिज, आउँछ सकरात्मक उर्जा

November 18, 2020 205

काठमाडौँ । गर्भवती महिलाले आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुपर्छ । यसका साथै वास्तशास्त्रले महिलाको स्वास्थ्यका लागि केही यस्ता वस्तु आवश्यक पर्ने बताउँछ । वास्तुकाअनुसार गर्भवती महिलाको कोठामा केही यस्ता चिज राखेमा आमा बच्चा दुवै स्वास्थ्य ठीक रहन्छ साथै वच्चा गुणवान जन्मिन्छ ।

१. मयुरको पंखा
मयुरको पंखा हिन्दु धर्मका देवता कृष्णसँग सम्बन्धित छ । धार्मिक विश्वासअनुसार मयुरको पंखा गर्भवती महिलाको घर अथवा कोठामा राख्नाले आमा र बच्चा दुवैका लागि राम्रो हुन्छ ।

२. पहेँलो चामल
वास्तुशास्त्रले पहेँलो चामल शुभ संकेत मान्दछ । यसकारण गर्भवती महिलााको कोठामा पहेंलो चामल राख्नाले आमा र बच्चा दुवैलाई नराम्रो असर हुँदैन ।

३. गुलाबी रंग
गुलाबी रंग खुशी था आनन्दको प्रतिक मानिन्छ । त्यसैले गर्भवति महिलाको कोठामा गुलाबी रंगका केही तस्विर तथा कुनै सजावट राख्नु राम्रो हुन्छ ।

४. वास्तुदेवको मुर्ती
धार्मिक विश्वासअनुसार कोठामा कुनै गलत वस्तुका कारण आमा र बच्चा दुबैलाई दुःख दिने कारण बन्न सक्छ । त्यसैले गर्भवति महिलाको कोठमामा वस्तु राखेमा कसैले दुःख दिन सक्दैन ।

५. हँसिलो बालक
गर्भवती महिलाके कोठामा मुस्कुराउँदै गरेको बच्चाको तस्विर राख्दा एकदमै शुभ हुन्छ । यस्तो तस्विर राख्नाले बच्चा शान्त तथा हँसिलो स्वभावको हुन्छ ।

६. तामाको वस्तु
तामाको सामग्रीले कसैको नराम्रो नजर लाग्नबाट जोगाउँछ। तामाको वस्तु गर्भवती महिलाको कोठमा राख्ने हो भने सकारात्मक शक्ति निर्माण गर्दछ।

७. सेता रंग
सेतो रंग शान्ति तथा राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ। सेता रंगमा सजिएका वस्तु वा तस्विर कोठामा राख्ने हो भने आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुने बस्तुशास्त्र बताउँछ।

प्रतिकृया दिनुहोस्