Wednesday, October 20

बाडिले पनि बगाउन नसकेको शिबको मूर्तिलाई ॐ शिवाय लेखेर 1 Share गर्नुहोस सोचेको पुग्छ

June 17, 2021 1459

चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउनुभयो । उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको

जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।
काठमाडौ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन् । उनी हेलीकप्टर मार्फत राहत सामग्री लिएर मनाङ पुगेका हुन् । मनाङमा आएको बाढी पहिरोले ठुलो क्षती गराएको छ । औषधी, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो ।

साथमा मनाङकासांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि छन् । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरिएको हो । प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री छ ।

उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल, चिउरा, औषधि, चाउचाउलगायत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन् ।

गत सोमबार आएको बाढीले मनाङको चामेबजार, नासो गाउँपालिकाको तालगाउँ लगायतका आधा दर्जन भन्दा बढी ठाउँमा क्षति पुर्याएको छ । बुधबार मर्स्याङ्दी नदीमा आएको बाढीले धारापानी बाथोचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल र सीमा प्रहरी चौकीको भवन समेत बगाएको थियो ।

मनाङमा बाढी पहिरोबाट एक हजारभन्दा बढी नागरिक विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीले जिल्लाभरका करिब पाँच दर्जन घरमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा बाढी पहिरोले पाँचवटा झोलुङ्गे पुल, तीनवटा काठे पुल र एउटा बेलिब्रिज बगाएको छ

काठमाडौं । देशभर आंसिक देखि सामान्य बदली आज विहान वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारि वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्नेभन्दै विभागले सतर्क रहन भनेको छ । यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

वर्षायाम सुरु भएसँगै कैलालीका नदीमा भेटीन थाले डल्फिन
वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका हुन् । वर्षेनी बर्षातका समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन देखिने गर्दछ । यही असारदेखि असोज महिनासम्म डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालका महासचिब जयप्रसाद ढुङ्गानाले जानकारी दिए । उनले यस वर्ष अहिलेसम्म दुई÷दुई भाले, पोथी तथा दुई बच्चा डल्फिन देखिएको बताए ।

“पानीको सतह बढ्दै गएपछि डल्फिन देखिन थालेका हुन् ।” उनले भने, “अब असोजसम्म डल्फिन देख्न सकिन्छ । विशेषगरी प्रजनन्का लागि डल्फिन वर्षातको समयमा यहाँ आउने गर्दछ ।”

कोरोनाको महामारी फैलिनुभन्दा अगाडि आन्तरिक र बाह्य पर्यटक डल्फिन अवलोकनका लागि आउने गर्दथे । निषेधाज्ञाले डल्फिन क्षेत्रलाई पनि प्रभावित बनाएको छ । केही आन्तरिक तथा स्थानीय पर्यटक डल्फिन अवलोकनका लागि जाने बाह्य देशबाट आउने पर्यटकहरू आउन छोडेका छन् ।

डल्फिन अवलोकनका लागि टीकापुर नगरपालिकाको वडा नं। ७ मा दुई भ्युटावर, भजनी नगरपालिकाको वडा नं। ३ मा एक भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएका छन् । प्रदेशसभा सदस्य रणबहादुर रावलले टावर निर्माणमा सहयोग गरेका थिए । महासचिव ढुङ्गानाले भजनी ८ मा नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणाधीन रहेको बताए । डल्फिन अवलोकनार्थ दुई डुंगासमेत रहेको छ ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाका अनुसार जथाभावि नदीमा फोहोर फाल्दा प्रदुषण बढ्दै गएको तथा अव्यवस्थित ढल निकास, ठूला ड्याम संरचना निर्माणले संरक्षणमा चुनौती थपिएको जानकारी दिए । उनले संरक्षणका लागि आफूहरुको प्रयासहरु जारी रहे पनि सरकारी निकायको भने त्यसमा चासो गइनसकेको बताए । डल्फिन क्षेत्रको विकास र प्रचार–प्रसारका लागि स्थानीय सरकार हुँदै प्रदेश र केन्द्र सरकारलाई कैयौं पटक आग्रह गरेका छौंँ । कतैबाट पनि डल्फिन क्षेत्रको विकासका लागि पहल हुन सकेन ।” उनले भने, “डल्फिन क्षेत्रको राम्रो प्रचार–प्रसार भएको अवस्थामा पर्यटकीय गन्तव्य बन्न सक्छ । स्थानीय सरकारको आयस्रोतका लागि पनि डल्फिन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

पर्यटकीय रुपमा मात्र नभई धार्मिक रुपमा पनि सो क्षेत्रले सम्भावना बोकेका छ । त्रिबेणी धामको रुपमा पनि विकास गर्न सकिने उनले बताए। अहिले सो क्षेत्रमा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाइ आयोजनाले नदीमा डल्फिनमैत्री तटबन्ध निर्माण गर्दै आएको छ । टीकापुर नगरपालिकाको क्षेत्रभित्रको काम आयोजनाले सम्पन्न गरिसकेको छ भने भजनी क्षेत्रमा काम भैरहेको छ ।

सो क्षेत्रको प्रचार–प्रसारका लागि जिल्ला समन्वय समिति कैलाली र कैलाली होटल व्यवसायी सङ्घले डल्फिन महोत्सव समेत आयोजना गरेका थिए । गत वर्षको तथ्याङ्क हेर्दा १२ विदेशी पर्यटक र एक हजार २ सय आन्तरिक पर्यटकले डल्फिन क्षेत्रको अवलोकन गरेका थिए ।

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने भएका छन्।
डा. उदित श्रेष्ठले सामाजिक संजालमा आफूहरु ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार जाने जानकारी दिए। डा. उदित श्रेष्ठले पिडित दाजुभाइ दिदिबहिनिहरु मोटर बाटो आउनेसम्म राहत लिन आइदिन आग्रह समेत गरेका छन्।

“हामि ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ।” डा. उदित श्रेष्ठले लेखेका छन्।डा. उदित श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, “हामि ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ।”

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्।पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन्

प्रतिकृया दिनुहोस्