Thursday, April 22

अनिताको अप्रेशन असफल भएपछि भाबुक हुदै बिनोद आए मिडियामा, डाक्टरले फर्काइदिए (भिडियो हेर्नुस्)

January 5, 2021 185

अनिताकै शल्यकृयाका लागि बिनोद काठमाडौ आएका थिए । तर उनको शल्यकृया अहिले नहुने भएको छ । चिकित्सकले अहिले अनिताको शल्यकृया नहुने भनेर फर्काइदिएका छन् । चिकित्सकको यस्तो सुझाव पछि अनिताको परिवार निराश भएका छन् ।

अनिता लामो समय देखि अस्वस्थ्य छन् । अनिताका श्रीमान् विनोद र उनका परिवार स्याहार सुसारमा लागेका छन् । अनिताको घाँटीको शल्यकृया गर्नुपर्ने अवस्था छ । यस अघि पनि धेरै पटक अनिताको शल्यकृया भइसकेको छ ।

तर अहिले चिकित्कसले तत्काल गर्न नमिल्ने भनेका छन् । सोँचे जस्तो शल्यकृया हुन सकेन तीन महिना पछि ठूलो शल्यकृया गर्नुपर्ने बताइएको छ । चिकित्कसले ट्युव राखेर शल्यकृया गर्नुपर्ने बताएका छन् ।

अनितालाई कन्सेस राम्रो बनाएपछि मात्र शल्यकृया गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । ठूलो शल्यकृया गरेपछि अनिताले टाउको चलाउन नहुने र शरिर पनि धेरै चलाउन नहुने भएकाले अनितालाई त्यस्तो चेतना आइसकेपछि मात्र शल्यकृया गर्नुपर्ने सुझाव दिएका छन् ।

अनितालाई चेतना राम्रो आइसकेको छैन । बिनोद अब शल्यकृयाका लागि आवश्यक पर्ने पैसा जुटाउन जागिर खाने योजना बनाएका छन् । अनिताको लागि आर्थिक सहयोग पनि आइरहेको छ ।

तर आर्थिक सहयोगको भर मात्र नपरेर आफ्नो काम पनि सुचारु गर्ने योजना उनले बनाएका छन् । अफिसमा मलाई निकै सजिलो छ, मेरो अवस्था देखेर मलाई त्यो सुविधा छ । जहिले गए पनि हुन्छ त्यसैले अब पैसा कमाउन अफिस जान्छु, विनोदले भने

प्रतिकृया दिनुहोस्