Sunday, July 25

काठमाडौँबाट भक्तपुर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा २७ वर्षीय रमेशको गयो ज्यान

June 18, 2021 201

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

गए राति करिब ११ः०० बजेतिर काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज बिहान साढे २ः०० बजे मृत्यु भएको गिरीले बताउनुभयो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका उदयपुर ताप्ले गाउँपालिका–५ घर भई काठमाडौँ काँडाघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका–५ घर भई काठमाडौँ काँडाघारी बस्नेत २५ वर्षीय अमित जैरु घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।

सेजाला बसेको कोठामा पुग्दा ला.गु औ.षध देखि यौ.नजन्य क्रियाकालापको वस्तुहरु यात्रा तत्र छरिएर रहेको भेटिएको छ। सेजलाको आफन्तले उनलाई ब.न्दक बनाएर यस्तो अ.पराध गरेको आरोप लगाएका छन ।

प्रतिकृया दिनुहोस्