Sunday, July 25

भाग्यमानी स्त्रीसँग मात्र हुन्छन् यी दुर्लभ ९ कुरा, तपाईसँग पनि छ की ?

June 18, 2021 176

काठमाडौँ । एउटा कुरा जहिले पनि सत्य सावित भएको देखिन्छ कि कुनै सफल पुरुषको पछाडी उसको श्रीमतीको हात हुन्छ। व्यवहारमा मात्र नभएर हस्तरेखा विज्ञानले पनि यसलाई प्रमाणित गर्छ।

हस्तरेखा विज्ञानमा सुकन्या अर्थात राम्रो असल गुण भएकी कन्याका बारेमा भनेको छ कि यस्ता कन्याहरू बढी भाग्यशाली एवम् हुन्छन् आफु र आफ्ना परिवारमा सधैं खुशी ल्याउन सक्छन्। तर कसरी थाहापाउने त कुन कन्या कस्ती छन् भनेर हेर्नुहोस् त्यस्ता केही कुरा जो यस प्रसङ्ग सँग मेल खान्छन् :

१.जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन्।

२.जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफूले त सुख भोग गर्छिन् नै सम्पूर्ण परिवारलाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन्।

३.जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको जस्तो देखिन्छ त्यस्ता कन्या पनि आफु र आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन्।

४.नाकको अघिल्लो भागमा कोठी हुने कन्या धन धान्यले पूर्ण हुन्छिन्।

५.पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन्। यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन्।

६.जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहीरहेको हुन्छ।

७.जुन कन्याको पैतालामा त्रिकोण को चिन्ह हुुन्छ ति कन्या अत्यधिक चलाख हुन्छिन भनिएको छ । यस्ता कन्याले आफ्नो बुद्धि र समझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन्।

८.नाभिको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली एवम् सुखी जीवन विताउने हुन्छन्।

९.समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन्।

प्रतिकृया दिनुहोस्