Thursday, August 18

मेलम्चीमा होटल रोजको छ्तबाट दुईजना युवाहरु उद्वारको लागि गुहार माग्दै

June 18, 2021 478

मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्वारको लागि गुहार मागिरहेका छन् । उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्वार गर्नुपर्ने देखिएको छ ।

मङ्गलबारदेखि अविरल रुपमा परेको बर्षाले सिन्धुपाल्चोकमा ५० जनाभन्दा बढी बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् ।

फेसबुकमा बाढीले क्षतविक्षत बनाएका केही तस्विरहरु राख्दै तामाङले लेखेका छन् । “मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ ।”

उनले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त भएर अरबौँको क्षति पुगेको बताएका छन् । बाढी र पहिरोलले सिन्धुपाल्चोकको नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।

उनले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेका छन् । उनले अन्तराष्ट्रिय समुदायसँग पनि सहयोग गर्नको लागि अपिल गरेका छन् ।

मन्त्री तामाङले बाढी पहिरोले क्षति गरेका वस्तीमा आजै टेन्ट र खाद्यान्न वितरण गरिने जनाएका छन् ।दिपायल सिलगढि नगरपालिका वडा ७ रातुलीकी ऐश्वर्या बिष्टकी छाेरि जेनिषा विष्ट र उनकै मामाका छोरा आज बेलुकि बाख्रा चराउन गयकाे बेला पहिराेमा च्यापियर मृ’त्यु भयकाे खवरले अत्यन्तै मर्माहत बनायाे छ दुबै मृ’त आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गर्द्छौं। अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला

डोटी : डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ७ बर्षिय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षिया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताउनु भएको छ ।

बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए । च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले पहिरो पन्छ्याउदा उनिहरुको शव मृत फेला परेको हो ।

बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्