Thursday, May 6

दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा

November 18, 2020 214

झापामा २ मोटरसाइकल जुध्दा गुडिरहेको ट्रकमा किचिएर २ जनाको निधन

झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुने दुवै जना पुरुष रहेका तर पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुका अनुसार बुधवार दिउँसो ११ बजेर २५ मिनेट जाँदा पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बिर्तामोड नगरपालिका-६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रक आएर किचेको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यही बेला ट्रक आएर किचेको प्रहरी निरीक्षक जबेगुले बताए।

मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्