Monday, October 25

सिन्धुपाल्चोको बाढीले दुईवटा स्कूल र हेलम्बुको प्रहरी चौकी बगायो

June 19, 2021 221

सिन्धुपाल्चोकको मेलम्ची नदीमा शुक्रबार राति फेरि आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको छ।

गत मंगलबारबाट निरन्तर आइरहेको बाढी शुक्रबार राति पुन: बढेसँगै जोगिएका संरचना बगाउन थालेको हो। शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको हो।

हेलम्बु गाउँपालिकाअन्तर्गत ग्यालथुमको इस्ट पोइन्ट एकेडेमी पनि बाढीले बगाएको छ भने तालामाराङको तेस्रे माविको धेरै भाग बाढीले बगाएको छ। त्यस्तै मेलम्ची खोलामा आएको बाढी हेलम्बुको चनौटे बजारमा रहेको रातो पुलमा क्षति पुर्‍याएको छ

काठमाडौँ, । युवा सामाजिक अभियन्ता रुपमा परिचित ज्ञानेन्द्र शाहीले आफ्नो शुभचिन्तक र विरोधिलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो तितो भोगाई र बास्तविकताबारे फेसबुक मार्फत् एक स्टाटस लेख्दै सन्देश दिएका छन् ।

आफुले कुनै गल्ती नगरेको तर गल्ती गरेकाहरुले गल्ती स्वीकार गर्दा पनि केही पत्रकारहले भिडियोलाई तोडमोड गरेर गल्ती नदेख्ने केही पत्रकारहरुले गर्दा आफुले बाराम्बार स्पष्टिकरण दिनु पर्ने बताएका छन्

कोभिडको महामारिमा आफु र आफ्ना सहकर्मीहरु ज्यानको कुनै प्रवाह नै नगरि निः शुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं गरिब जनताको ज्यान बचाउदाँ आफुले बिन गल्ती आक्रमणकारीहरुको शिकार हुनु परेको बताएका छन् ।

त्यसैले होला यो देशमा भिमशेन थापा, मदन भण्डारी, राजा विरेन्द्र जस्ता देश भक्त शपुतहरुको ज्यान गएको । सायद यहि भएर होला केही गर्न सक्ने क्षमतावान् दक्ष जनशक्ति युवाहरु दिनदिनै विदेश पलायन भएका । दोषीलाई कारबाही गर्न नसक्ने प्रहरी मित्रहरु आउ मलाई कि गोली हानेर मारिदेउ कि जेल हाल मलाई बाच्ने मन छैन ।

शाही माथि बारम्बार भएको आक्रमणले उनलाई केही निरास बनाएको र सत्यको पर्र्दाफास गर्न पनि झुटको साहारा लिनु पर्न अवस्था आएको उनले फेसबुकमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्