Tuesday, October 26

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सञ्चारकर्मीको मृत्यु

June 19, 2021 302

सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ ।
महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उहाँका रेडियो सहकर्मी नरेन्द्र महतोले जानकारी दिनुभयो ।

सडक छेउमा थुपारिएको बालुवाको थुप्रो कटाउने क्रममा विपरति दिशाबाट आएको टिपरले ठक्कर दिँदा कुशवाहाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शुक्रबार साँझ भएको सो घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेको थियो । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएपछि स्थिति साम्य भएको छ ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले आज शोक व्यक्त जारी गरी घटनाको अनुसन्धान गरेर बस्तीभित्र तीव्र गतिमा टिपर चलाउने चालकलाई हदैसम्मको सजाय र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।बाबु आमा भनेका भगवान पछिको अर्को रुप हो भनिन्छ । तर सबै बाबु आमा भगवानकै दोश्रो रुप हुन्छन् भन्ने छैन । केही बाबुले आफ्नो र परिवारको इज्जतका लागि छोरीको कुभलो पनि चिताउने गर्दछन् । उनीहरु इज्जतका नाममा जस्तो सुकै तल्लो स्तरको काम पनि गर्न तयार भएको पाइन्छ ।

केही समय पहिले बिराटनगरमा भएको यस्तै एक घटनाका कारण बाबुको भूमिकामाथि नै शंका उत्पन्न भएको थियो । बिहे नगरेकी छोरीको पेटमा बच्चा रहेको थाहा पाएपछि समाजका अगाडि इज्जत जोगाउने नाममा वावुले अलपत्र अवस्थामा छोडेर हिडेका थिए । ती व्यक्तिले छोरीलाई सुनसरीको भन्टाबारी नाका हुँदै भारतबाट विराटनगर ल्याएर जिल्ला प्रशासन कार्यालय, मोरङ नजिक अलपत्र छोडी आफु भारत फर्किएको प्रहरीले बताएको थियो ।

गर्भवती ती बालिका गत माघ २९ गते राती करिब ९ बजे रोइरहेको अवस्थामा फेला परेपछि मोरङ प्रहरीले उनलाई उद्धार गरेको थियो । त्यसपछि उनलाई विराटनगर–१२ स्थित स्वयंमसेवी संस्था एबिसी नेपालमा राखिएको थियो । एबिसी नेपालमा ल्याइएकी बालिकालाई स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । भिडियो एक्स–रे गर्दा उनको पेटमा २८ हप्ताको गर्भ रहेको खुलेको थियो । बालिकाको बयान अनुसार उनलाई आफ्नै भाउजुको भाईले यस्तो अवस्थामा पु्र्याएका थिए ।

भारतको फारबिसगञ्जस्थित जागरण कल्याण भारती संस्थाको सहयोगमा एबिसीले बालिकाका अभिभावकको खोजी थालेको थियो । मोरङ प्रहरीले पनि उनको अभिभावकको पहिचानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको थियो । त्यसपछि भारतीय प्रहरीले बालिकाको पारिवारिक सम्पर्क पहिचान गर्न सफल भएको थियो । परिवारको जिम्मा लगाएपछि किशोरीको पछिल्लो अवस्थाबारे भने जानकारी हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्