Sunday, September 19

गर्भवती महिलाले यी ५ कुरा ख्याल राखे सजिलै जन्मिन्छ बच्चा, गर्नुपर्दैन् अप्रेशन

June 19, 2021 355

काठमाडौँ । गर्भावस्थामामा गर्भवतीले आफ्नो स्वास्थ्यका साथै गर्भको बच्चाको पनि विशेष ख्याल राख्नुपर्छ। यतिबेला गरिने सानातिना गल्तीले पनि गर्भको बच्चालाई असर गर्न सक्छ।

त्यसैले हरेक कुरा जानेर, बुझेर मात्र गर्नुपर्छ । जथाभावी औषधी खाने, शारीरिक क्रिया गर्ने जस्ता गतिविधिले समस्या निम्त्याउन सक्छ। खानपानमा पनि सर्तकता अपनाउनुपर्छ। पुरै जीवनशैली स्वस्थ्य र सन्तुलित हुनुपर्छ।

१) नियमित रुपले चिकित्सककहाँ जानुपर्छ। चिकित्सककै परामर्शलाई पालना गर्नुपर्छ। प्रथम ६ महिनामा प्रतिमहिना, सतौं वा आठौं महिनामा हरेक १५ दिन तथा नवौं महिनामा हरेक हप्ता चिकित्सककहाँ आवश्य जानुपर्छ।

२) चिकित्सक र योग प्रशिक्षकको सल्लाह अनुसार नियमित र समुचित व्यायाम गरौ । खाना खाइसकेपछि पैदल हिँड्ने बानी गरौ। हल्का, खुला र सूति कपडा लगाउनुपर्छ । मध्यन्हमा कम्तिमा २ घण्टा आरम गरौ । राती ८ घण्टाको मस्त निन्द्रा लिनुपर्छ।

३) सन्तुलित र नियमित आहारा लिनुहोस्, जसमा उचित मात्रामा प्रोटिन तथा भिटामिन समावेश हुन्छ। अंकुरित अनज, दाल, हरियो पत्तेदार सब्जी, ताजा फल, दूध, अन्डा, माछा आदि सेवन गरौ।

४) सन्तुलित आहार पटक पटक र थोरै थोरै मात्रामा लिनुपर्छ । भरपुर पानी पिउनुहोस्, खाली पेट बस्नु हुन्न।

५) बच्चा कम चलमलायो वा चलमलाउन छाड्यो, रक्तश्राव भयो, खुट्टा सुन्नियो, पेटमा पीडा भयो, वान्ता भयो, टाउको दुख्यो, योनीमार्गमा पानी आयो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

अन्य टिप्स

– ध्यान, योग गर्नुपर्छ ।

– सधै सकारात्मक रहने प्रयास गर्नुपर्छ ।

– खुसी एवं तनावमुक्त हुनुपर्छ ।

– सकारात्मक उर्जा पैदा गर्ने पुस्तक पढ्ने, फिल्म हेर्ने ।

– भयमुक्त रहने ।

– मनोरञ्जन गर्ने, रमाउने ।
१.पूजाआजा गर्दा झुक्केरपनि निलो वा कालो रंगको कपडा लगाउनु हुँदैन। यसो गर्दा पूजानै अपूर्ण हुने र भगवानको कृपा प्राप्त नहुने मान्यता रहेको छ।

२.गलत तरिकाबाट कमाएको पैसा भगवानलाई भेटि स्वरुप चढाउने गर्दा प्रतिफल नराम्रो हुने भएकाले यो कार्यबाट बच्न आवश्यक रहन्छ।

३. हरेक दिन भगवान शिवको पूजा गर्नु अघि पूर्ण शरिर नुहाउन आवश्यक हुन्छ अन्यथा पूजा अपूर्ण हुने र ठूलो पाप भोग्नु पर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।
अशुभ

४.शारिरिक सम्बन्ध राखे पश्चात पूर्ण शरिर ननुहाई पूजाआजा गर्नु ठूलो अपराध हुने कुरा शास्त्रले भनेको छ र यसो गर्दा ठूलो पाप व्यहोर्नु पर्नेहुन्छ।

५. यदि तपाई कुनै रिसमा हुनुहुन्छ भने यस्तो बेलामा भगवानको पूजा गर्नु गलत हुन्छ। यस्तो बेलामा पूजा गर्दा प्रतिफल नराम्रो हुने र जीवनमा हरेक समस्याको समना गर्नुपर्ने मान्यता रहेको छ।

६. कुनैपनि समयमा भगवानको पूजा वा आरती गर्दा अँध्यारो राख्नु हुँदैन। शास्त्रका अनुसार यसो गर्नु कुनै अपराध भन्दा कम मानिदैन। सर्वाप्रथान पूजा गर्ने स्थानमा बत्ति बलि उल्यालो बनाउन आवश्यक हुन्छ।

७. यदि तपाईले केही चिज खाएर र मुख समेत नधोई गर्नुभएको पूजा अस्विकार हुने हुँदा यी कुराहरुमा विशेष ध्यान दिन आवश्यक हुन्छ। किन कि यसो गरेर पुजा गरे बिटुलो हुने धार्मिक मान्यता चली आएको छ

प्रतिकृया दिनुहोस्