बालिका खड्का बालुवाटारबाट पक्राउ

January 7, 2021 129

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की कार्यकर्ता बालिका खड्का पक्राउ परेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार गेटमा ध’र्नामा बस्न लागेपछि प्रहरीले बुधबार दिउँसो खड्कालाई पक्राउ गरेको जनाएको छ ।पूर्वएमाले पृष्ठभूमिको राजनीतिबाट आएकी खड्काले यसअघि प्रदेश १ का मुख्यमन्त्री आफ्नो श्रीमान भएको दा’वी गरेकी थिइन् । त्यस्तै उनले मुख्यमन्त्री राईबाट अं’शबण्ड स्वरुप सम्पती पाउनुपर्ने भन्दै उ’जुरी समेत दिएकी थिइन् ।प्रहरीले उनलाई करिब ३ बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।

अ’भद्र व्य’वहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए। ‘हामीले बालुवाटारको नि’षेधित क्षेत्रमा अ’भद्र व्यवहार गरेको आरोपमा पक्राउ गरी उहाँलाई ल्याएका छौं,’उनले भने,’उहाँमाथि थप अनुसन्धान गरिरहेका छौं।’ उनीमाथि मु’द्दा चलाउने/ नचलाउने विषय अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए। यसअघि पनि उनी पेरिसडाँडाबाट पक्राउ परेकी थिइन् ।

प्रतिकृया दिनुहोस्