काठमाडौँ । हिन्दुधर्म अनुसार हरेक कामको आ-आफ्नै समय हुन्छ। जुन समय हाम्रो शास्त्रमै तोकिदिएको हुन्छ। रातमा कुचो लगाउदा लक्ष्मी रिसाउने र दरिद्रताको जन्म हुने धार्मिक विश्वास रहिआएको छ।
यति लाउनै पर्ने अवस्था आयो भने घरबाट निस्केको फोहोरलाई एउटा भाँडोमा वा एक स्थानमा उठाएर राख्ने गर्नुपर्छ। बाहिर फ्याकेमा धनकी देवी लक्ष्मी रिसाउँछिन्।
कुचो बिहानको सुर्यदय भएको समयमा लगाउनुपर्छ। किनकी शास्त्रमा बिहान सुर्यदयको समयमा सबै देव देवताहरु पृथ्वीको भ्रमणमा निस्केका हुन्छन्।
यस्तो बेलामा आफ्नो घर-आँगन सफा राखेमा देव देवताको बास हुने र लक्ष्मी माताले सधै साथ दिने बताइएको छ। यदी बिहान कतै जादा कसैले कुचो लगाएको देख्नु भयो भने यो शुभलाभको संकेत हो।
बिहानको समय ४-३० देखि ५-३० सम्मको समयमा तपाईले घरमा कुचो लगादै गर्दा तपाईको घरमा गौमाता अर्थात गाई आइन् भने तपाईको घरमा लक्ष्मीको वर्षात हुन्छ । तर घरको झाडु , पोछा तथा कुच्चो बिहान सुर्यदयको समयमा नै लगाउनुपर्छ।
कुचो किन्दा कृष्ण पक्षको शनिबार पारे किन्दा घरमा आर्थिक संकट हट्ने ,राम्रा कार्यको थालनी हुने गर्दछ। भाँचिएको कुच्चो, सानो भएको कुच्चोको प्रयोग गर्नु हुदैन र यस्तो कुचो घरमा राख्नु राम्रो मानिदैन।
कुचो राख्दा कसैले नदेख्ने ठाँउमा राख्नुपर्छ। यदि तपाईले लुकाएर राखेको कुचो तपाईको सानो बच्चाले भेटि कुचो लगाएमा यसलाई शुभ मानिन्छ।
कुचोलाई भान्सा कोठामा, भण्डार कोठामा तथा पैसा तथा धन राख्ने दराजसँग जोडेर राख्नुहुँदैन। यस्तो गरेमा लक्ष्मी माता रिसाउँछिन्। कुचो लक्ष्मी माताको प्रतिक हो।
प्रतिकृया दिनुहोस्