Sunday, July 25

संगै मर्ने अनि संगै बाच्ने कसम खाएका कायस्थ दम्पतीको सङ्क्रमणकै कारण एक दिनको फरकमा दुखद निधन

June 20, 2021 181

चितवन-भरतपुरका एक दम्पतीको सङ्क्रमण कै कारण निधन भएको छ । कोभिड संक्रमणका कारण एकदिनको फरकमा भरतपुर महानगर पालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो ।

एकदिनको फरकमा श्रीमान श्रीमतीको निधन भएपछि पविार गहिरो शोकमा डुबको छ । ४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । कोभिडका कारण उनीहरुको फोक्सोमा गम्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ ।

कोभिड संक्रमण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइसीयुमा थिए । मेडिकल कलेज ल्याउँदा अक्सिजनको मात्रा निकै कम भएको पनि अस्पतालले बताएको छ । फोक्सोमा निमोनिया भएपछि उनीहरुको निधन भएको बताइएको छ ।चितवन-भरतपुरका एक दम्पतीको सङ्क्रमण कै कारण निधन भएको छ । कोभिड संक्रमणका कारण एकदिनको फरकमा भरतपुर महानगर पालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो ।

एकदिनको फरकमा श्रीमान श्रीमतीको निधन भएपछि पविार गहिरो शोकमा डुबको छ । ४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । कोभिडका कारण उनीहरुको फोक्सोमा गम्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ ।

कोभिड संक्रमण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइसीयुमा थिए । मेडिकल कलेज ल्याउँदा अक्सिजनको मात्रा निकै कम भएको पनि अस्पतालले बताएको छ । फोक्सोमा निमोनिया भएपछि उनीहरुको निधन भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्