आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गर्यो । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? तर होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो ।सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाजले आकाशमा फन्को मारिरहेको छ ।
थ”प साम@ग्री – सरकार ले असार दोस्रो साता बाट निषे@धाज्ञा को मोडालिटी मा केही परिमार्जन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति मा कोभिड–१९ निर्देशक समितिको बुधबार साँझ बालुवाटार मा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
अत्यावश्यक बस्तुहरु को उत्पादन तथा आपूर्ति सहज बनाउने गरी अहिलेको निषेधाज्ञा को मोडालिटीमा केही परिवर्तन गर्ने निर्णय समितिले गरेको छ। अब ‘स्मार्ट लक@डाउन’ गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ। कोरोना भाइरस सङ्क्रमण को जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय समितिको बैठकले गरेको हो।
हाल काठमाडौं उपत्यका मा जारी निषेधाज्ञा यही असार ७ गते सकिँदैछ। उपत्यका मा निषेधाज्ञा कायमै राखेर केही क्षेत्र खुला गर्ने निर्णय समितिले गरेको हो। स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको प्रधानमन्त्री को निजी सचिवालयले जनाएको छ।
बैठकले कोभिड–१९ निर्देशक समितिले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुरु गर्ने निर्णय गरेको छ। यी देशहरु बाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान पुनः सुरु गरिने समितिले जनाएको छ। त्यसैगरी सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योग लाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।
गैर आवासीय नेपाली हरु बाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकार ले उपलब्ध गराउने एवं इजरायल सरकार बाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा प्रधानमन्त्री ओली ले स्वास्थ्य मापदण्ड मा कडाइ गर्दै लकडाउन लाई सङ्क्रमण को जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए।
काठमाडौं का प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमणदर घट्दै गएकाले अहिलेकै प्रकृतिको निषेधाज्ञा असार ८ पछि नहुने बताए।
‘हाल जारी निषेधाज्ञा असार दोस्रो साता पछि रहँदैन,’ सिडिओ पराजुली ले बिहीबार बिहान भने, ‘संक्रमण नबढ्नेगरी केही क्षेत्र खुकुलो बनाउने तयारी छ। अझै तीनचार दिन बाँकी छ, हामी छलफलकै क्रममा छौँ। असार दोस्रो साता पछि अहिलेको भन्दा केही बढी क्षेत्र खुला गरिन्छ।
प्रतिकृया दिनुहोस्