छाला सुख्खा हुने समस्या छ ? यसरी गर्नुहोस् ख्याल

January 8, 2021 189

काठमाडौँ । सन्तुलित भोजनको कमी एवं भिटामिन ए तथा बीको अभावका कारण छाला सुख्खा हुन्छ।

सुख्खा छालाबाट राहत प्राप्त गर्न सन्तुलित भोजन गर्नुपर्छ। धूम्रपानले पनि छालालाई सुख्खा बनाउँछ। रक्त संचारमा आएको गडबडीले पनि छाला सुख्खा हुन्छ।

बढी सोडा भएको साबुनले पनि छालालाई सुख्खा बनाउँछ। साबुनमा भएको अल्कालाइनले छालाको तेल नष्ट गर्छ।

छाला सुख्खा भए त्यसको हेरचाह कसरी गर्ने ?

अनुहार धुन सदैव सफा पानी प्रयोग गर्ने । पिएच ब्यालेन्सयुक्त साबुन लगाउने। जाडो महिनामा साबुनको प्रयोग पटक्कै नगर्ने । अनुहारमा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्ने। एसीबाट सकेसम्म टाढा बस्ने।

अनुहार सुख्खा भएको कसरी पत्ता लगाउने ?

अनुहारमा एक प्रकारको अप्ठ्यारो महसुस हुन्छ । विशेषगरी गालाको भाग तथा मुखको वरिपरि सुख्खापन देखा पर्छ । अनुहार चिलाउनु सुख्खापनको पहिलो चरण हो । कुर्कुच्चा कडा भएको महसुस हुन्छ भने संक्रमणजस्तो अनुभव गर्न सकिन्छ।

अनुहारको सुख्खापन हटाउन कस्तो फेसवास वा साबुन प्रयोग गर्नुपर्छ ?

अनुहारको सुख्खापन हटाउन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ।

सुख्खा छाला नरम बनाउने रेसिपी के हो ?

पानीमा केही पाउडर दूध, केही थोपा लेभेन्डर तथा ओलिभ ओइल हाली नुहाउने। यसले छालालाई नरम बनाउँछ । त्यसैगरी ट्रिटी तेलको प्रयोगले पनि छाला नरम हुन्छ। अनुहारका लागि एवोकाडोको गुदीमा कागतीको रस हालेर शरीरमा दल्दा छाला नरम हुन्छ।

घरायसी उपचारले छालाको सुख्खापन कम नभए के गर्ने ?

घरायसी उपचारले नभए चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।

सुख्खा छालाका कारण के–कस्ता समस्या उत्पन्न हुनसक्छन् ?

सुख्खा छालालाई बेवास्ता गर्दा अनुहारमा चाउरी देखिन सक्छ। सुख्खा छालामा मेकअप पनि भनेजस्तो खुल्दैन।

प्रतिकृया दिनुहोस्