Friday, April 16

अष्ट्रेलियाको बैंकको जागिर छाडेर नेपालमा नै व्यवसाय गर्दै अनुष्का !

January 8, 2021 194

पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ व्यवसायी बनेकी छिन् । उनले २५ लाखको लगानीमा आकर्षक प्याकेजिङ र विभिन्न स्वादका ब्रान्डेड मिठाइका परिकारहरुको व्यवसाय शुरु गरेकी हुन् ।

नौ महिनाअघि स्थापित माक्कुसे ‘लक्जरी’ मिठाइ ब्रान्ड उनको आइडियामा शुरु भएको ब्रान्ड हो ।

मिस वल्ड भएर नेपाललाई विश्वसामु चिनाउने सपना अधुरो रहेपनि मौलिक मिठाइको माध्यमबाट चिनाउने कुरामा उनी विश्वस्त छिन् ।

मिस नेपालमा सहभागी हुनुपहिले उनी अस्ट्रेलियाको एउटा बैंकमा काम गर्थिन्। पछि नेपालमै काम गर्ने सोचले फर्किएको उनको भनाइ छ।
मुलुकमा गणतन्त्र आएपछि लामो समय थाइल्याण्ड बसेका पूर्व युवराज पारस शाहको पछिल्लो वर्षदेखि पारिवारिक सम्बन्ध सुमधुर बन्दै गएको देखिन्छ ।

थाइल्याण्ड युवतीको प्रेममा परेर आफ्नी श्रीमती हिमानी र छोराछोरीलाई समेत बेवास्ता गरेर बैंककमा बसेका पूर्वयुवराज २०७१को अन्त्यतिर नेपाल फर्किएका थिए ।

त्यसपछि आक्कलझुक्कल छोराछोरी र बहिनीहरुलाई भेटे पनि अन्य पारिवारिक सदस्यहरुसँगको भेट गर्न नदिइएको भनिएको थियो ।तर, पछिल्लो वर्ष पारसको पारिवारिक सम्बन्ध राम्रो रहेको देखिन्छ ।

छोरा हृदयेन्द्रको व्रतबन्धमा हिमानीसँगै देखिएका पारस रेष्टुरेन्टमा हुने पारिवारिक भोजमा बुवा ज्ञानेन्द्र, आमा कोमलसहितका पारिवारिक सदस्यसँगै हुने गरेका छन् ।

यही पेरिफेरिमा पूर्वयुवराज पारस र उनका छोरा हृदयेन्द्रको एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

जुन तस्विरमा हृदयेन्द्रले आफ्ना पिता पारस केही खुवाइरहेका छन् । ढाका टोपीमा सजिएका दुवै हँसिलो मुद्रामा देखिएका छन् ।

प्रतिकृया दिनुहोस्