Sunday, September 19

सविता भण्डारी मृत्यु प्रकरण : आमा, बुबा र बहिनीले रुदै गरे यस्तो खुलासा , सबितालाई दोस्रो श्रीमती को रुपमा भित्राएका सविताको श्रीमानको पहिल्यै पनि बिबाह भै सकेको रहेछ (भिडियो)

June 21, 2021 175

काठमाडौ । चितवनकी सविता भण्डारीको मृत्युको घटना थप रहस्यम बन्दै गएको छ । सविताका माइतीले घटना रहस्मय भन्दै अनुसन्धान गर्न माग गरेका छन् । सविताको निधन स्वभाविक नभएको र त्यसमा उनको श्रीमानका परिवारको हात छ भन्ने आरोप लगाएर उनीहरुले प्रहरीमा उजुरी दिएका छन् । अहिले यो घटना अदालतमा पुगेको छ ।

सवितालाई न्याय दिलाउन भन्दै उनको माइती अहिले काठमाडौमै छन् । उनीहरु आफ्ना कुरा राख्न विभिन्न मिडियाकर्मीको ढोकामा पुगेका छन् । ऋषी धमलाको टेलिभिजन कार्यक्रममा उनीहरुले सविताको श्रीमानको परिवारलाई आरोप लगाउनुको कारण पनि खुलाएका छन् । यता सविताको घर तिरका परिवारले भने सविता गम्भिर डिप्रेशनको रोगी भएको आरोप लगाएका छन् ।

सविता डिप्रेशनको रोगी रहेको र आफु नर्स भएका कारण सविताको निकै माया गरेर राखेको सविताकी सासुले बताएकी थिइन् । तर सविताको आमाले भने निकै माया गर्ने सासुले घटना भएपछि मलाई फोन गरेर किन घटना वारे जानकारी दिइनन् भनेर प्रश्न गरेकी छन् । सविता विदेश जाने पुरै तयारीमा पनि रहेको बताएका छन् ।

सविताको माइती पक्षले सविताको घटनामा उनकै भान्जा लगायत अमाजुको परिवारको हात रहेको उनीहरुको आरोप छ । सविताको बहिनीले पनि एक वर्ष देखि दिदी र भिनाजुको बोलचाल पनि हुन छोडेको बताएकी छन् । सविताको घरपरिवारले वारम्बार छोरीलाई मानसिक या त ना दिने गरेको पनि बताएकी छन् । विदेश जाने ६ दिन अघि उनलाई बुवाले अब किनमेल गर भनेर भन्दा छोरा भेटेर आउँछु भनेर गएकी छोरी संधैका लागि अस्ताएको बुवाले बताए ।

प्रतिकृया दिनुहोस्