Saturday, April 10

वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई टिपरले ठ,क्कर दिँदा २३ वर्षीय ताराको निधन

January 9, 2021 206

टिपरको ठ’क्क’र’बाट सुर्खेतको छिन्चुमा एक महिलाको मृ’त्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भिर घाइते भएको छन् भने पछाडि बस्ने अर्की गम्भीर घाइते उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमै आलेको मृ’त्यु भएको जानकारी दिनुभयो ।

घाइते शाहीको उपचार भइरहेको छ भने टिपरसहित चालकलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।त्यसैगरी भीरबाट लडेर दैलेखको भगवतीमाई गाउँपालिका–१ का वडा सदस्यको सोही वडाको जुगाखोला ठाडोपानी नजिकै २६ वर्षीय पुष्पा अधिकारीको भीरबाट लडेर मृ’त्यु भएको छ ।माइती जान हिँडेकी सदस्यको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिकृया दिनुहोस्