वरिष्ठ गायक भैरवनाथ रिमालको निधन

January 9, 2021 218

काठमाडौं । वरिष्ठ गायक भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ ।

पारिवारिक स्रोतले बताएनुसार शनिबार बिहान उनको निधन भएको हो । १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् ।

रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो ।

नेपाली दम्पतिको बेलायतमा दुखद निधन भएको छ । उनीहरुको पाँच दिनको अन्तरालमा निधन भएको हो । पहिले पत्निले छोडेर गइन् । त्यसको पाँच दिन पछि पतिको समेत दुखद निधन भयो ।

उनीहरुको स्थायी ठेगाना गुल्मी चन्द्रकोट ४ शान्तिपुर भएको बताइएको छ । हाल बेलायत बसोबास गरिरहेका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ पुनको पाँच दिनको अन्तरालमा निधन भएको हो ।

रत्नाकुमारीको जनवरी ३ मा अस्पतालमा उपचार गराइरहेका बेला निधन भएको हो भने उनका पति विजयको जनवरी ७ मा निधन भएको गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल सल्लाहकार रहेका ओम थापा काउचाले जानकारी दिएका छन् ।
पुन दम्पतिका २ छोरी र एक छोरा रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत काउचाले पुन दम्पतिको निधनको खबरले बेलायतबासी गुल्मेली अत्यन्तै मर्महात भएको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्