Sunday, July 25

भूलेर पनि नराख्नुहोस् बच्चाको यस्तो नाम, नत्र पूरै जिन्दगी हुन्छ बदनाम

June 22, 2021 204

काठमाडौँ । ‘ठूलो भएपछि आफ्नो नाम राख्नुपर्छ’, ‘धेरै पढेर आफ्नो नाम प्रशिद्ध बनाउनुपर्छ’, ‘नाम बदनाम हुने काम कहिल्यै गर्नु हुँदैन।’

हामी बच्चालाई यसै भन्छौं। अर्थात उनीहरुलाई बुझाउँछौं कि, ‘नाम’ भन्ने कुरा सित्तिमिती चिज होइन। चानचुने कुरा होइन। भन्छौं, ‘तिमी जीवनभर जे गर्छौं, त्यसले तिम्रो नाम उँचो बनाउनुपर्छ।’

आखिर नाममा के छ ?

नाम भनेको उसलाई चिनाउने, इंगित गर्ने यस्तो सांकेतिक कुरा हो, जो उनको पहिचान बन्छ । यसो सोच्दा ‘नाम’ भन्ने कुरा सामान्य लाग्छ । तर, अर्को तरिकाले सोच्दा ‘नाम’ भन्ने कुरा निकै गतिलो लाग्छ ।

हामी जीवनभर त्यही नाम बोकेर बाँच्छौं । आफु मरेपनि ‘नाम’ बाँचिरहोस् भन्ने आकंक्षा राख्छौं । यति मूल्यवान् छ, नाम । त्यही कारण त अहिलेका आमाबुबालाई आफ्ना ‘छोराछोरीको नाम के राख्ने’ भन्ने विषयले निकै सोचमग्न बनाउने गर्छ ।

बच्चाको नाम

यो प्रसंग तपाईंलाई अनौठो लाग्न सक्छ, तर अनावश्यक लाग्नेछैन । किनभने जीवनको कुनै चरणमा तपाईंले भोग्नुपर्ने, भोगिसकेको वा भोगिरहेकै कुरा हो यो ।

बच्चाको नाम के राख्ने ?

सुन्दा सामान्य लाग्छ, तर धेरै अभिभावकले अनुवभ गरेको कुरा हो कि बच्चाको नाम छनौट गर्न कति गाह्रो हुन्छ । भन्न त के भनिन्छ भने, नाममा के छ र ?

तर, त्यही नामले आमाबुबाको माथिंगल हल्लाइदिन्छ, जब बच्चाको न्वरान गर्ने बेला हुन्छ । न्वरान त हामी परम्परागत संस्कार अनुसार गर्छौं ।

पुरोहित वा कुनै धर्मगुरुले बच्चाको जन्म, घडी, पाला, बार, समय आदिको आधारमा नाम राखिदिन्छन् । तर, त्यस्तो नामले आमाबुबाको चित्त बुझ्दैन । आफुले जन्माएको बच्चालाई आफैले कुनै प्रिय नाम दिन चाहन्छन् उनीहरु ।

नाम भनेको बच्चाको पहिचान हो । जीवनभर उसले त्यही नाम बोकेर हिँड्छ । त्यही नामले उनी चिनिन्छन् ।

हुन त कतिपय पति-पत्नीले बच्चा गर्भमा छँदै हुनेवाला बच्चाको नाम के राख्ने भनेर मोटामोटी सूची तयार गरिसकेका हुन्छन् । अझ कतिपयले त लभ अफेयरमा रहेकै बेला पछि जन्मने बच्चालाई यस्तो नाम दिने भनेर संभावित नामहरु खोजिसक्छन् । तर, सबैको हकमा यस्तो हुँदैन ।

अर्कोतिर पतिले सिफारिस गरेको नाममा पत्नीले चित्त नबुझाउन सक्छिन् । पत्नीले खोजेको नाम पतिले अनुमोदन नगरिदिन सक्छ । त्यसैले बच्चा नाम राख्नु चानचुने वा सोचेजस्तो सजिलो कुरा चाहि होइन ।

नामको खोजी

हामीसँग हुर्किएका एउटा पुस्ता छन्, जसको नाम राम, श्याम, कृष्ण, हरी छन् । अब नयाँ जन्मने बच्चाका लागि यी नामहरु ‘डेट एक्सपायर’ भए ।

किनभने तपाईको टोल, छिमेकमा यस्ता नामधारी छ्यापछ्याप्ती भेटिन सक्छन् । एउटालाई बोलाउँदा, अर्कोलाई सम्बोधन हुनपुग्छ । त्यसैले आपसमा मिल्ने, जुध्ने नामहरु भन्दा पृथक नाम खोजिदिने गरिएको छ ।

आमाबुबा चाहन्छन् कि, आफ्नो बच्चाको नाम यस्तो होस्, जो उच्चाहरण गर्दा मिठासयुक्त सुनियोस् । लयात्मक लागोस् । अर्थपूर्ण होस् ।

कतिपय आमाबुबाले आफ्नै नामको पहिलो अक्षर सापटी लिएर बच्चाको नाम जुराउँछन् । कतिले गुगल सर्च गरेर बच्चाको नाम खोज्छन् । कतिले यसका लागि शब्दकोश पल्टाउन थाल्छन् । कतिले चर्चित व्यक्तित्व एवं सेलिब्रेटीको नाम आफ्नो बच्चाका लागि जुराइदिन्छन् ।

हुनपनि नाम भनेको बच्चाको पहिचान हो । जीवनभर उसले त्यही नाम बोकेर हिँड्छ । त्यही नामले उनी चिनिन्छन् । त्यही नाम लिएर उसले स्कुल भर्ना हुनेदेखि विभिन्न कामकाज गर्ने गर्छन् ।

कसरी खोज्ने राम्रो नाम ?

आफुले यस धर्तीमा पैदा गरेको बच्चालाई नाम दिने पहिलो दायित्व आमाबुबाको हुन्छ । बच्चालाई यस्तो नाम दिनुपर्छ, जो सुन्दा राम्रो लाग्छ ।

१. यस्तो नाम, जो नाम अर्थपूर्ण होस् ।

२. यस्तो नाम, जो अरुसँग हत्तपत्त नजुध्ने होस् ।

३. यस्तो नाम, जो अनर्थ नलाग्ने होस् ।

४. यस्तो नाम, जो उच्चहरण गर्न सजिलो होस् ।

५. यस्तो नाम, जो छरितो पनि होस् ।

बच्चाको नाम राख्दा परम्परा, सामाजिक नियम, पारिवारिक रीति-रिवाजलाई पनि ध्यान राख्नुपर्छ ।

सजिलो र सरल

अहिले कतिपय आमाबुबाले पौराणिक पात्रको नामबाट बच्चाको नाम राखिदिने गर्छन्, जो आदर्श पात्र थिए। तर यस्ता कति नामहरु उच्चहरण गर्न सजिलो हुँदैन ।

कतिपय आमाबुबाले अंग्रेजी वा पश्चिमा संस्कृतिको प्रभावमा त्यही अनुसारको नाम राखिदिन्छन्, जो नेपालीमा उच्चाहरण गर्दा जिब्रो सजिलै चल्दैन ।

नाम राख्दा ख्याल गर्नुपर्ने कुरा के हो भने, बच्चाको नाम सजिलै उच्चाहरण गर्न सकियोस् । लेख्दा पनि सरल होस। पछि बच्चाको आवश्यक कागजात तयार गर्दा होस् वा प्रशासनिक काम गर्दा, सजिलो नाममा त्रुटी हुने वा कुनै पनि किसिमको झन्झट हुने भय हुँदैन।

अप्ठ्यारो नामले कतिपय ठाउँमा अप्ठ्यारो नै पार्न सक्छ। बोल्न असजिलो हुने नाम राख्नु हुँदैन। ‘युनिक’ अर्थात पृथक नाम राख्ने चक्करमा बोल्नै गाह्रो हुने नाम राख्नु उपयुक्त हुँदैन।

यस्ता गल्ती नगरौं

बच्चाको नाम कुनै स्थानको नामबाट नराखौं । कुनै प्रशिद्ध स्थान, शहर, नदीनाला आदिको नामबाट बच्चाको नाम नराखौं ।

हास्यास्पद नहोस्

आफ्ना बच्चाको नाम यस्तो पनि नराखौं कि, जसको अगाडि वा पछाडिको अक्षर थोरै थपघट गर्दा त्यसको अनर्थ नलागोस् । अर्थात हास्यास्पद नाम नहोस् ।

प्रतिकृया दिनुहोस्