Saturday, April 17

यिनै हुन् कालिन्चोक भगवती मन्दिरमा दर्शन गर्न जाँदा मृ’त्यु भएकी ३३ वर्षिय सम्झना

January 10, 2021 142

काठमाडौ ।दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृ’त्यु भएको छ ।

दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न आएकी मकवानपुर जिल्ला फापरबारीकी ३३ वर्षीया सम्झना रोका मगरको आज मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई मन्दिर जान नसकी कुरीस्थित सङ्गीता होटलमा आराम गरी बसेको बेला एक्कासी बेहोस भएपश्चात उपचारका लागि चरिकोट ल्याइएको थियो ।

बेहोस भई आज बिहान १०ः३० बजे चरिकोट ल्याइएको रोका मगरको ११ः३० बजे चरिकोट अस्पतालमा मृत्यु भएको थियो । श’व चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्