Saturday, September 25

आज मंगलबार धेरै ठाउँमा वर्षाको सम्भावना, होसियारी अपनाउन आग्रह

June 22, 2021 191

काठमाडौ । आज देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ ।

आज मंगलबार पनि देशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो ।यस क्रममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षासमेत हुने सम्भावना छ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश नं १, प्रदेश नं २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित भारी वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपत्तिको सम्भावना रहेकाले त्यसबाट बच्न महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ ः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेश,

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिकृया दिनुहोस्