Sunday, September 26

रबी लामिछाने भन्छन्, ‘ज्वाला संग्रौलाले गल्ती गरेकै हो भने कडाभन्दा कडा सजाय दिइयोस्’

June 22, 2021 143

काठमाडौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले हाल हिरासतमा रहेकी ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौलाले गल्ती गरेकै हो भने कडा सजाय दिन भनेका छन् । यदि उनले बेथितिविरुद्ध बोलेको कारण मात्र आरोप लगाइएको हो भने रिस नपोख्न चेतावनी दिएका छन्।

आइतवार पक्राउ परेकी ज्वालालाई भेट्न रबी सोमबार राती प्रहरी कार्यालय पुगेका थिए । उनले आफै ज्वाला संग्रौलासहितका व्यक्तिलाई भेट्न आफू महानगरीय प्रहरी परिसर ९टेकु० पुगेको तर राति आइतबार अबेला भएकाले भेट गर्न नदिइएको लामिछानेले बताएका छन्।

जाहेरीमा उल्लेख भएबमोजिम उनीहरूविरुद्ध लगाइएको आरोप प्रमाणित भए कडा सजाय दिन, अन्यथा विगतमा बेथितिविरुद्ध बोलेको रिस फेर्न झुटो मु द्दा नलगाउन उनले चेतावनी दिएका हुन्।

यस्तो छ लामिछानेको भनाइ
ज्वाला संग्रौलासहित अन्य केही व्यक्तिहरूमाथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाएपछि थप जानकारी लिन टेकु पुगेको थिएँ। कार्यक्रम सकेर जाँदा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन। जाहेरीमा उल्लेख भएबमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडाभन्दा कडा सजाय दिइयोस्।

तर विगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यही मौकामा फेर्न, मुद्दामाथि मु द्दा चलाउने दाउचाहिँ नरचियोस् है। न्यायको समान अवसर दुवै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ छु।

प्रतिकृया दिनुहोस्