सपना हामी सबैले देख्ने गर्दछौ। हरेक सपनाको आफ्नै-आफ्नै महत्व र अर्थ रहेको हुन्छ। यस्तै ज्योतिष शास्त्र अनुसार बिहान-बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ।
यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ।
१. यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपाईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ ।
२. सपनामा कुनै मन्दिरको दर्शन गर्दै गरेको देख्नुहुन्छ भने यो निकै नै शुभ मानिन्छ। साथै यदि मन्दिरको साथ कलश पनि देख्नु भयो भने सम्झनुहोस् साक्षात माता लक्ष्मीले तपाइको घरमा वास गर्नेछिन्।
३. यदि तपाइले सपनामा नरिवल खाएको देख्नुहुन्छ भने छिट्टै नै तपाइको तिजोरी पैसाले भरिनेछ।
४. यदि सपनामा कुनै सानो बच्चा चल्दै गरेको देख्नुहुन्छ भने यो धन लाभको संकेत हो।
५. यदि सपनामा गाईको साथ बाच्छाले दुध खाईरहेको देख्नुहुन्छ भने तपाइँसँग पैसाको अभाव हुने दिन सकिने भए भनेर बुझ्नुहोस्। यो सपनाले तपाइँलाई करोडपति बनाउन सक्छ ।
६. यदि सपनामा तपाइँलाई कुकुरले टोकेको देख्नुहुन्छ भने तपाई छिट्टै धनी बन्ने योग बनिरहेको बुझ्नुहोस् ।
प्रतिकृया दिनुहोस्