Sunday, July 25

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय

June 22, 2021 180

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर हवाई उडान खुला गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जानकारी अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुने र यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने बताइएको छ । मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने बताइएको छ ।

त्यस्तै, मन्त्रिपरिषदको सोही बैठकले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । मन्त्रालयका अनुसार अब काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

त्यस्तै, काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् ।काठमाडौं, ८ असार । बसको ठक्करबाट आमालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृत्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएकी परियारको ट्रमा सेन्टर उपचारका पुर्याइएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घाइते भएका छन् । मृतक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

अहिले घटनाको मुचुल्का तयार पारी शवलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी लैजाने तयारी भैरहेको छ । दुर्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतकको आफन्तले प्रहरी चौकी उजुरी दिएपछि घटनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।गण्डकी टाइम्सबाट

प्रतिकृया दिनुहोस्