Monday, October 25

निशेषाज्ञा खुकुलो भयो भनेर काठमाडौ आउँदै हुनुहुन्छ

June 22, 2021 231

काठमाडौं । काठमाडौ उपत्यकामा लामो समय देखि जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । स्मार्ट लकडाउन लागू गरेर केही सेवाहरु सुचारु गर्ने अनुमति दिइएको छ । उपत्यकामा रोजगारी गर्नेहरु अब काठमाडौ फर्कन सक्ने सम्भावना बढेको छ । नीजि सवारी साधन चलाउन अनुमति दिएसंगै उपत्यकाका सडकमा सवारी चाप पनि बढेको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै अत्यावश्यक कामका लागि अन्तर जिल्ला जान पाइने तर त्यसका लागि कागजात आवश्यक पर्ने जनाएको छ ।

मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो । साथै, स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाइने आदेश पनि प्रशासनले जारी गरेको छ

काठमाडौं उपत्यकामा तयारी पोसाकजन्य व्यापार/व्यवसायलगायत आर्थिक क्षेत्रलाई सर्तसहित सञ्चालन गर्न दिएर निषेधाज्ञा बढाइने तयारी थालिएको छ । गृह मन्त्रालय र सीसीएमसीसँगको परामर्शपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, भाँडा पसललगायतलाई समय तोकी सञ्चालन गर्न दिएर गत वैशाख १६ देखि लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने भएका हुन् । निर्णय लिन तीनवटै प्रशासनको संयुक्त बैठक आइतबार बस्दै छ ।

सार्वजनिक तथा निजी सवारीसाधन पनि सञ्चालन गर्नुपर्ने दबाबमा सरकार छ । उपत्यकाभित्र मात्रै लागू हुने गरी जोरबिजोरमा आधाभन्दा कम यात्रु राखेर सञ्चालन गर्नुपर्ने माग पनि उठेको छ ।गृह मन्त्रालयले देशभरका प्रशासनलाई परिपत्र गरी आर्थिक क्षेत्रलाई विस्तारै चलायमान बनाउने ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले यसअघि प्रशासनको आदेशबाट सञ्चालनमा रोक लगाइएका फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, दैनिक जीवनयापनका लागि चाहिने खाद्यान्नबाहेकका वस्तु जनस्वास्थ्यका मापदण्ड र समयसीमा तोकेर किनबेच गर्न दिनेबारे छलफल भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्