Saturday, April 17

अनुष्काले जन्माईन् छोरी, विराटले लेखे सामाजिक सञ्जालमा यस्तो स्टेटस् जस्ले बनायो सबैलाई

January 11, 2021 140

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माले छोरी जन्माएकी छिन् । उनले आफु जस्तै सुन्दर छोरी जन्माएर श्रीमान विराटलाई बाबु बनाएकी छिन् ।

छोरी जन्मिएको खुशीयालीमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा आफु छोरीको बाबु भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले आज (सोमबार) आफ्नो ट्विटर अकाउन्टमा छोरी जन्मेको सुखद खबर दिएका हुन् ।

अनुष्का छोरीलाई मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा जन्म दिएकी हुन् । आफु छोरीको बाबु भएपछि विराटले सामाजिक संजालमा लेखेका छन्– ‘हामी दुबै जना निकै खुशी छौ ।

आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’

विराटले आफ्ना र श्रीमती अनुष्काको फ्यानहरुलाई आफुहरु छोरीको आमा बुवा बनेको भन्दै दिएको खुशीको यो समाचारले उनीहरुको फ्यानहरुमा खुशीयाली छाएको छ ।

विरोटको उक्त स्टेटस्मा उनीहरुका धेरै फ्यानहरुले शुभकामना दिनुका साथै कोभिडको महामारी भएको हुनाले बच्ची र आमाको ख्याल राख्न विराट र उनका परिवारलाई सुझाव पनि दिएका छन् । विराटको यो खुशीको कुरालाई उनका फ्यानहरुले धेरै नै शेयर पनि गरेका छन् । विराट र अनुष्काको विवाह तीन वर्षअघि भएको थियो ।

प्रतिकृया दिनुहोस्