Friday, April 16

कक्षा १२ को नतिजा कहिले आउँछ ? राष्ट्रिय परीक्षा बोर्डले निकाल्यो अत्यन्तै जरुरी सूचना !

January 12, 2021 136

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारीअनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरान छन् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, ‘आफ्नो विद्यालयका ५०-१०० जना विद्यार्थीको पनि सिरियल नम्बरअनुसार नपठाइदिएर जिकज्याक गरेर पठाइदिएका छन् । माथिको तल, तलको माथि छ, खोज्दै इन्ट्री गर्दा त साह्रै गाह्रो भाछ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रा.डा. पौडेलले नतिजा कहिले आउँछ भन्न नसकिए पनि जतिसक्यो छिटो नतिजा प्रकाशन गर्ने गरी आफूहरुले काम गरिरहेको जानकारी दिए । बोर्डसँग जनशक्ति पनि प्रयाप्त नै भएको उनले बताए ।‘सिम्बोल नम्बर सिरियली भएको भए फटाफट इन्ट्री गर्न सजिलो हुन्थ्यो । त्यसो नभएकाले दिनमै ४० हजार इन्ट्री गर्नेहरुले ५ हजार पनि इन्ट्री गर्न सकिरहेका छैनन्,’ प्रा.डा. पौडेलले भने, ‘त्यसैले कहिले सकिन्छ भनेर भन्नै नसकिने भयो । तर सकेसम्म छिटो काम सक्ने कोसिस गरिरहेका छौं ।’ यसअघि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले १५ पुसभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको बताएका थिए ।शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर २२ मंसिरसम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था थियो । बोर्डको प्रदेश र शाखा कार्यालयहरूले ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्