Friday, April 16

बिराटनगरमा सिटी सफारी चालकले मोटरसाइकललाई छल्न खोजे, आफ्नै सवारीमा बसेकी यात्रुको मृत्यु

January 13, 2021 94

बिराटनगरमा सिटी सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विराटनगर–६ सरोचीयामा मंगलबार दिउँसो भएको सिटी सफारी दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको हो ।

दुर्घटनामा विराटनगर–१६ की ६८ वर्षीया वृद्धा प्रभा पोखरेलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरेलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो ।

सडकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलाई बचाउने क्रममा सिटी सफारी पल्टिएर खाल्डोमा परेको प्रहरीले जनाएको छ । त्यस क्रममा सफारीमा यात्रा गरिरहेकी वृद्धा घाइते भएकी थिइन् ।

प्रहरीले सफारी चालक सुनसरीको बर्जु गाउँपालिका–२ का ३० वर्षीय कृष्णकुमार साहलाई नियन्त्रणमापक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।
लन्डनमा एक नेपाली सेफको ज्यान लिएका छन् । लण्डनको इष्टकोटमा बस्दै आएका अन्दाजी ४० वर्षीय विक्रम केसीको गत आइतबार राती ज्यान गएको हो । कामबाट घर फर्किँदै गरेका केसीलाई स्थानीय इष्टकोट ट्रेन स्टेशन बाहिर एक २१ वर्षीय युवाले कु’ट’पि’ट गर्दा घटनास्थलमै मृत्यु भएको नेप्लिज सेफ एशोसिएसन यूकेका संस्थापकसमेत रहेका एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले जानकारी दिए ।

तिमल्सेनाका अनुसार मृतक केसी र मुस्लिम समुदायका ती युवाबीच सामान्य भ’ना’भ’न हुने क्रममा घटना भएको बुझिएपनि झ’ग’डा’को यकिन कारण खुलिसकेको छैन । मृतकको शरीरमा कुनै देखिने खालका चो’ट’प’ट’क नरहेको तथा घटनामा कुनै पनि सामान प्रयोग भएको नपाइएको समेत प्रहरीको भनाई उदृत गर्दै तिमल्सेनाले बताए । घटना घटाउने युवालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

मृतकको परिवार निकट तिमल्सेनाले बताए अनुसार आइतबार राती कामबाट फर्किँदै गर्दा घरनजिकै आइपुगेपछि केसीले श्रीमतीलाई फोन गरी खाना तताएर राख्न भनेका थिए । पाँच मिनेटमा आउँछु भनी आधा घण्टासम्म पनि घर नपुगेका उनको फोन समेत नउठेपछि श्रीमती बुझ्न भन्दै घरबाट दुई मिनेट दूरीमा रहेको स्टेशनतर्फ गएकी थिइन् । त्यतिञ्जेल घटनास्थलमा प्रहरी र एम्बुलेन्स आइसकेका थिए ।

सोधपुछपछि प्रहरीले उनलाई केसीको ह ‘त्या’ भएको तर किन र कसरी भन्ने अनुसन्धान हुन बाँकी रहेको भन्ने जानकारी गराएका थिए । काठमाडौं आरुबारी घर भएका केसी कुवेत हुँदै १२ वर्षअघि लन्डन आएका थिए । लन्डनमा उनी श्रीमती र भाइ, बुहारीका साथ बस्दै आएका थिए । केसीका बाबुआमाको बसोबास पहिल्यैदेखि भारतमा रहेकोमा बाबुको निधन भइसकेको छ भने आमा अहिले पनि भारतमै छन् ।

युरोप उपसंयोजक तिमल्सेनाले केसीको निधनमा ग’हिरो दुःख व्यक्त गर्दै सामाजिक संजालमा फोटो समेत सार्वजनिक गरेका थिए । उनकै पहलमा केसी बेलायत आएका थिए । यसैवीच, नेप्लिज सेफ एसोसिएसन युकेले घटनाको भ’त्र्सना गरेको छ । एसोसिएसन युके अध्यक्ष दधि आचार्यले केसीको दोषीलाई क’डा भन्दा क’डा स’जाय पाउनु पर्ने र पी’डितले क्ष’तिपुर्ति दिन संस्थागत रुपमा पहल गर्ने जानकारी दिए। कोरोनाका कारण प्रत्यक्ष भेटघाट हुन नपाए पनि संस्थागत वा व्यक्तिगत सहयोगका लागि पहल भैरहेको आचार्यको भनाई थियो ।

प्रतिकृया दिनुहोस्