Sunday, September 19

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

June 23, 2021 318

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।काठमाण्डौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडिओ रिलिज गरिएको छ। जसमा पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ।

सार्वजनिक गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको रहेको छ।

निषेधाज्ञा अगाडि कालिन्चोक, चरिकोट मुडे, लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडिओमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठकै अभिनय देख्न सकिन्छ।

गायक गिरीले ८ वर्ष अगाडि पल र प्रकृतिलाई नै लिएर ‘को होला त्यो’ बोलको गीत बजारमा ल्याएका थिए। जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो।

८ वर्ष पछि सोही टिम दोहोरिएको भिडिओले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गरेका छन्।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिङ मनोज कार्कीले गरेका हुन्। गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिए।

टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ।

प्रतिकृया दिनुहोस्