Sunday, April 11

२५ वर्षीय दिवाकर भुजेलको बसले लियो ज्यान

January 13, 2021 162

काठमाडौं । बुधबार अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएकाका आफन्तले आज पनि अरनिको यातयातका गाडी बन्द गरेका छन् । हिजो सबै गाडी बन्द गरेका पीडितले आज भने अरनिको यातायातका गाडी मात्रै चल्न रोक लगाएका हुन् । गाडी बन्द हुँदा काठमाडौंबाट सिन्धुपाल्चोक दोलखा जाने यात्रुहरु अलपत्र परेका छन् ।

पीडितले उचित क्षतिपूर्तिको व्यवस्था नगरी अरनिको यातयातका गाडी चल्न नदिने बताएपछि अरनिको राजमार्गमा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् । हिजो पाँचखाल नगरपालिकाको तीनपिप्लेमा सवारी दुर्घटना हुँदा २५ वर्षीय दिवाकर भुजेलको मृत्यु भएको थियो ।

हिजो अबेरसम्म भएको वार्तामा अरनिको यातायात प्रालि र पीडितपक्षबीच सहमति हुन नसकेपछि अरनिको यातयातलाई स्थानीयले रोकेका छन् । सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौं आउँदैं गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ नम्बरको मोटरसाइकलमा सवार भुजेलको मृत्यु भएको थियो ।

बुधबार अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएकाका आफन्तले आज पनि अरनिको यातयातका गाडी बन्द गरेका छन् हिजो सबै गाडी बन्द गरेका पीडितले आज भने अरनिको यातायातका गाडी मात्रै चल्न रोक लगाएका हुन् । गाडी बन्द हुँदा काठमाडौंबाट सिन्धुपाल्चोक दोलखा जाने यात्रुहरु अलपत्र परेका छन् ।

पीडितले उचित क्षतिपूर्तिको व्यवस्था नगरी अरनिको यातयातका गाडी चल्न नदिने बताएपछि अरनिको राजमार्गमा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् । हिजो पाँचखाल नगरपालिकाको तीनपिप्लेमा सवारी दुर्घटना हुँदा २५ वर्षीय दिवाकर भुजेलको मृत्यु भएको थियो ।

हिजो अबेरसम्म भएको वार्तामा अरनिको यातायात प्रालि र पीडितपक्षबीच सहमति हुन नसकेपछि अरनिको यातयातलाई स्थानीयले रोकेका छन् । सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौं आउँदैं गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ नम्बरको मोटरसाइकलमा सवार भुजेलको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्