Sunday, September 19

ज्योतिषशास्त्रका अनुसार – यस्तो योगले बनाउँछ मान्छेलाई धनी

June 23, 2021 223

हरेक व्यक्ति धनवान र समृद्द हुन चाहन्छ तर भाग्यले जसलाई साथ दिन्छ उही मात्र धनी बन्छ । ज्योतिषशास्त्रमा यस्तो योगलाई यसरी बताइएको छ । यस्तो योग कुनै पनि व्यक्तिको कुण्डलीमा भएमा एक न एक दिन भाग्य चम्केर व्यक्ति धनवान बन्न सक्छ । तपाईको जन्म कुण्डलीमा पनि यस्तै योग छ कि ?

ज्योतिषशास्त्रका अनुसार जसको जन्म कुण्डलीमा बुध कन्या वा मिथुन राशिमा पाचौं घरमा र मंगल एवं चन्द्रमा एघारौं घरमा हुन्छ, उसको कुण्डलीमा धन योग बन्छ र सो व्यक्ति धनवान बन्न सक्छ साथै धेरै मात्रामा धन सञ्चय गर्न पनि सक्षम हुन्छ ।

शनि महाराज कुण्डलीको पाँचौं घरमा मकर वा कुम्भ राशिमा भएको बेला बुध, मंगल सँग एघारौ घरमा भएमा योग शुभ तथा राम्रो हुन्छ। यस्तै योग कन्या र तुला राशि हुनेको कुण्डलीमा पनि हुन सक्छ ।

मेष राशि भएका व्यक्तिको कुण्डलीमा सूर्य, सिंह राशिमा र मंगलको साथ चन्द्रमा एघारौं घरमा बसेको स्थितिमा धन योग हुन सक्छ। जसको जन्म कुण्डलीमा सूर्य लग्न स्थानमा बसेको छ, अनि पाँचौं वा सातौं स्थानमा गुरु बसेको छ भने सो व्यक्ति धनवान बन्न सक्छ। यस्ता योग भएका व्यक्तिले विवाह पछि झन उन्नती गर्दछन् ।

शनि कुंभ वा मकर राशिमा पहिला, चौथा, पाचौं तथा सातौं स्थानमा भएमा आर्थिक दृष्टिले शुभ मानिन्छ तर सातौं घरमा बसेको शनि ले वैवाहिक जीवनमा भने असर गर्न सक्छ ।

जसको कुण्डलीमा शुक्र तुला वा वृष राशिमा बसेको हुन्छ र गुरु धनु वा मिन राशिमा भएमा शुभ लक्षण मानिन्छ ।

प्रतिकृया दिनुहोस्