Sunday, April 11

धन कमाउने आशा बोकेर जापान पुगेका बाग्लुङका खत्रीको जापानमै मृत्यु !

January 13, 2021 151

जापान । धन कमाउने आशा बोकेर परदेश पसेका बाग्लुङका एक पुरुषको जापानमा मृत्यु भएको छ । बाग्लुङको गल्कोट नगरपालिका वडा नं ४ खरुवाका ३८ वर्षीय पूणर् खत्रीको जापानमा कार्यरत रहँदा रहँदै मृत्यु भएको हो ।

३ वर्ष अगाडी जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा काम गर्दै आएका उनको ब्रेन हेमरेजका कारण निधन भएको बताईएको छ । उनको जापान स्थित फुजी नोउकेन हस्पिटलमा उपचारको क्रममा शुक्रवार बेलुकी मृत्यु भएको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् ।

मृतक खत्रीका नेपालमा ३ छोरी र १ छोरा रहेका छन् । निकटतम पारिवारिक श्रोतका अनुसार उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेको छ । उनको अन्तिम सस्कार जापानमै गरिने भएको छ । गल्कोट स्थायी घर भई हाल जापानमा रहेका गल्कोटेहरुले उनको अन्तिम संस्कार आईतबार दिउँसो साढे १ बजे जापानमै गर्न लागिएको जनाएका छन् ।

यो पनि पढ्नुहोस् : गुल्मीका एक दम्पत्ती : बेलायतमा श्रीमतीको मृत्यु भएको ४ दिनमा श्रीमानको पनि मृत्यु ,गुल्मी स्थाई घर भई हाल बेलायतमा बसोबास गर्दै आएका एक दम्पतीको निधन भएको छ ।

गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ४ रेमी स्थाई घर भई हाल बेलायत स्थित टनब्रिज केण्टमा बस्दै आएका बिजय कुमार पुन र उनकी श्रीमती रत्ना कुमारी गुरुङको ४ दिनको अन्तरमा निधन भएको हो ।

कोरोना संक्रमित रत्ना कुमारीको उपचारका क्रममा गत जनवरी ३ तारिखका दिन Maidstone and Tunbridg wells Hospital मा निधन भएको थियो । श्रीमतीको निधन भएकै अस्पतालमा श्रीमान बिजय कुमारको जनवरी ०७ मा निधन भएको गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष तथा सल्लाहकार ओम प्रसाद थापा काउचाले जानकारी दिए ।

पत्नीको निधन कोरोना संक्रमणबाट भएपनि पतिको भने जन्डिस र लिभरको समस्याका कारण मृत्यु भएको जनाईएको छ । गुरुङ गुल्मी जिल्ला समाज यूके, भार्सेली समाज युके, हङकङ नेपाली मञ्च यूके लगायतका संघसँस्थासँग आवद्द थिए ।

प्रतिकृया दिनुहोस्