दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’/तं/’क’/का/’री ह’/म’/ला/मा परी मृ/त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तं’क’का’री ह म’ला परी मृ/त्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान
पाच बजेतिर ह//’म’//ला भएको र अस्प”ताल लैजाँदै गर्दा उनको मृ/त्यु भएको जानकारी दिइएको छ। प्रेमका दाजु तुलसी केसीले बिहान नौ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो/ली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ/त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
काठमाडौं । आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्दै थप स्पष्टको लागि उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। अब जुलाई १ अर्थात् असार १७ गतेबाट आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान तत्काल खोल्ने निर्णय भएको हो।
साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको हो । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।
मन्त्रालयले जुन ३० अर्थात् असार १६ गतेसम्मको उडानतालिका सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले २४ तारिखमा दोहा, २५ तारिखमा जापान, २७ तारिखमा दोहा, २८ तारिखमा दुवई, २९ तारिखमा दोहा र ३० तारिखमा दुवई उडान गर्ने भएको छ।
त्यस्तै हिमालय एयरलाइन्सले २७ तारिखमा दुवई र क्वालालम्पुर, २८ तारिख दमाम र ३० तारिखमा दमाम उडान गर्न पाउने भएको छ। कतार एयरवेजले ३० तारिखसम्म ४ उडान तालिका रहेका छन्। कतार एयरवेजले जुन २६, २७, २८ र ३० तारिखमा उडान गर्न पाउनेछन्।
टर्किस एयरलाइन्सले २४, २६ र २९ तारिखमा इस्तानबुल–काठमाडौं उडान हुँदै छ। जजिराले २७ र ३० तारिख कुवेत–काठमाडौं उडान गर्नेछ। फ्लाई दुवईले २९ तारिखमा दुवई–काठमाडौं उडान गर्नेछ। त्यस्तै सलम एयरले २९ तारिखमा काठमाडौं–ओमान उडान गर्दै छ। एयर अरेबिया २६ तारिखमा आवुधाबी–काठमाडौं उडान गर्नेछ। त्यस्तै एयर इन्डियाले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ।
प्रतिकृया दिनुहोस्