Monday, October 25

NTC को सिम प्रयोग गर्नेहरूलाई आयो दुखद खबर।

June 23, 2021 567

नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन । बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन । न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी नै दिएको छ ।

टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्या आउने गरेको छ । टेलिकमकै उच्च अधिकारीले निजी टेलिकम सेवा प्रदायकलाई फाइदा पुग्नेगरी काम गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

जम्मु काश्मीर । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् ।जम्मु काश्मीरस्थित काश्मीरी पण्डीत समुदायले माता खिर भवानी मन्दीरमा जेष्ठ अष्ठमी मानाएका हुन् ।

यधपी, कोरोना माहामारीको समयमा २५ जना सम्म मात्र भेला हुन पाउने व्याबस्थाले गर्दा मन्दिरमा थोरै संख्यामा मानिसहरुले प्रार्थना गरेका छन् । मन्दिरमा कोरोना माहामारीको अन्त्यको प्रार्थना गरेको एक पण्डीतले बताए ।

काश्मीरी पण्डीतहरुका लागि ठुलो पर्व रहेको जेष्ठ अष्टमीको अवसरमा माता खिर भवानीको मन्दिरमा लाखौँ पण्डीत तथा भक्तजनहरु आउने गर्दछन् । स्रोत सिफि

एक सय पाच बर्षका वृद्धले जिते कोरोना

भारत असामको १०५ बर्षका वृद्धले कोरोना जितेका छ्न । उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल (जिएमसीएच) बाट डिस्चार्ज भएका हुन । जिएमसीएचले ट्वीट गर्दै भनेको छ, “१०५ वर्षका समेद अली, धुब्रीबाट असिना, कोभिडलाई हराएर आज सुपरस्पेशलिटी कोभिड अस्पताल जीएमसीएचबाट डिस्चार्ज गरिएको छ ।

जीएमसीएचका एक जना डाक्टरले अलीलाई यो महिनाको सुरुमा अस्पतालमा भर्ना गरिएको र यस रोगलाई सफलतापूर्वक हराएको बताए । जीएमसीएचका सुपरिटेन्डेन्ट र अलीको उपचारमा सग्लन अन्य डाक्टरहरू बिरामीको बारेमा अन्य विवरणहरू फोनमा उपलब्ध गराएन्न ।

यसैबीच, त्याहाका राज्य सरकारले जून २१ देखि ३० सम्म ३ लाख कोभिड खोप लगाउने लक्ष्य राखेको छ । आसामका मुख्यमन्त्री हिमान्ता बिस्वा सर्माले आफ्ना मन्त्री तथा सचिवहरुलाई त्यहाका जिल्लाहरुमा खोप दर वृद्धिलाइ सुनिश्चित गर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्