Sunday, December 5

जिन्दगीभर नछुट्ने यी राशिका मायालु जोडी, कहिल्यै झगडा गर्दैनन्

June 23, 2021 395

काठमाडौँ । शास्त्र अनुसार केही यस्ता राशिहरू छन् जुन राशि भएकाहरुको प्रेम सम्बन्ध दिगो हुने गर्छ । अर्थात प्रेमी प्रेमिका कहिल्यै छुट्दैनन् ।

उनीहरूको सम्बन्ध एकदमै बलियो हुन्छ शास्त्रका अनुसार १२ राशिकै मानिसको स्वभाव आचरण फरक–फरक हुने गर्छ । सोही अनुरुप प्रेम सम्बन्ध पनि त्यही प्रकारको हुन्छ ।

कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ। मिथुन र तुला,मिथुन राशि र तुला राशिको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ। यी दुई राशि भएकाहरुको शारीरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्।

आउनुहोस् जानौँ कुन-कुन हुन् ती जोडी ?

सिंह र तुला : यी दुई राशि भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकै मन पराइन्छ। समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडी लाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।

मेष र कुम्भ: यी राशि भएका मानिसहरु हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशि भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन् ।

वृष र वृश्चिक : वृष र वृश्चिक एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशि भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन् ।

वृष र कन्या: यी राशि भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिन्छ । उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ ।

सिंह र धनु: सिंह र धनु एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन् ।

कन्या र मकर: यी दुई राशि भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन् । एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।

मिथुन र कुम्भ: मिथुन र कुम्भ जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।

प्रतिकृया दिनुहोस्